निर्भया दुष्कर्मकाण्डका चारै दोषीलाई डेथ वारन्ट जारी, 22 जनवरीमा फाँसीमा झुण्डाइने

0
1717
निर्भया सामूहिक दुष्कर्म र हत्याकाण्डका दोषीहरू (फोटो साभार-इन्टरनेट)।

नयाँ दिल्ली, 7 जनवरीः निर्भया दुष्कर्मकाण्डका चारैजना दोषीलाई मृत्यु दण्डका लागि डेथ वारन्ट जारी गरिएको छ। दिल्लीको पटियाला हाउस कोर्टले लामो सुनवाइपछि मङ्गलवार डेथ वारन्ट जारी गरिएको हो।

चारैजना दोषीलाई 22 जनवरीको बिहान 7 बजे फाँसीमा झुण्डाइनेछ। उल्लेखनीय छ, पछिल्लो सुनवाइमा कोर्टले दोषीहरूलाई नोटिस जारी गर्नका लागि भनेको थियो।

स्मरणरहोस्, आज दिल्लीको पटियाला हाउस कोर्टमा निर्भयाकी आमाद्वारा दर्ता गरिएको याचिकामाथि सुनवाइ भयो। दोषीहरूलाई चाँड़ोभन्दा चाँड़ो फाँसीमा झुण्डाउने माग निर्भयाकी आमाले गरेकी थिइन्।

यसभन्दा अघि पटियाला कोर्टले दोषीहरूलाई सबै कानुनी प्रक्रिया पूरा गर्नका लागि 7 जनवरीसम्मको समय दिएको थियो। यसभन्दा अघिल्लो दिन सर्वोच्च न्यायालयले दोषी अक्षय कुमार सिंहको तर्फबाट दर्ता पुनर्विचार याचिकालाई खारेज गरेको थियो।

उल्लेखनीय छ, निर्भया सामूहिक दुष्कर्म र हत्याकाण्डमा चारैजना दोषी पवन, विनय, मुकेश र अक्षयको रिभ्यु पिटिशन अघिबाटै खारेज भइसकेको थियो। चारैजनाको रिभ्यु पिटिशन सर्वोच्च न्यायालयले खारेज गरेको थियो।

तल्लो अदालतले 13 सेप्टेम्बर 2013 का दिन चारैजना दोषीलाई फाँसीको सजाय सुनाएको थियो। साथै सजायलाई निश्चित गर्नका लागि मामिलालाई उच्च न्यायालयमा रेफर गरिएको थियो।

साकेतस्थित फार्स्ट ट्रयाक कोर्टले यी चारैजनालाई सामूहिक दुष्कर्म र हत्याकाण्डमा दोषी ठहर गरेको थियो। साथै चारैजना फाँसीको सजाय सुनाएको थियो।

उच्च न्यायालयले 13 मार्च 2014 –लाई चारैजना दोषी क्रमैले अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेशको अपील खारेज गरेको थियो। यसपछि सर्वोच्च न्यायालयमा अपील गरिएको थियो। सर्वोच्चले पनि अपीललाई खारेज गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here