तेहरान, 8 जनवरीः इरानको राजधानी तेहराननजिक भीषण विमान दुर्घटना भएको छ, जुन दुर्घटनामा परी सबै 170 यात्रुको मृत्यु भएको छ। बोइङ 737 जेट एक तक्निकी समस्याको कारण उड़ेको केही समयपछि नै दुर्घटनामा परेको बताइएको छ।
समाचारका अनुसार इरानस्थित खुमैनी विमानस्थल नजिक विमान दुर्घटनाग्रस्त भएको हो। इरानका नागरिक उड्डयन प्रवक्ता रजा जाफरजादेहले बताएअनुसार तेहरानको दक्षिण-पश्चिम बाहिरी भागमा विमान दुर्घटना भएको हो, जहाँ जाँच दललाई तत्कालै पठाइएको छ।
यसैबीच बुधवार विमान इरानमा परमाणु ऊर्जा संयन्त्रनजिक 4.9 तीव्रताको भुइँचालो आएको छ। भारतीय समयअनुसार आज बिहान 7.50 बजे भुइँचालो आएको छ। अमेरिकीसँग तनाउ बढ़ेकै समयमा विमान दुर्घटना र भुइँचालोले इरानमा थप हलहच बढ़ेको बताइएको छ।