गोर्खा जाति र समाजका लागि राम्रो समय आउँदैछः विष्ट

0
1088
सीएएबारे जनतालाई बुझाउँदै राजु विष्ट।

सिलगढ़ी, 10 जनवरीः आफ्नो लक्ष्यप्राप्तिका लागि गोर्खा जाति एउटा फुटबल टीमजस्तै गोलबद्ध भएर अघि बढ़्नुपर्ने सांसद राजु विष्टले बताएका छन्।

उनी शुक्रवार मिलनमोड़ गोल्ड कपको सेमिफाइनल खेल हेर्न पुगेका थिए। त्यहाँ उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै उनले भने, ‘‘एउटा फुटबलको टीमजस्तो भएर हामी हिड़्यौं भने हाम्रो सपना अवश्यै पूरा हुनेछ।’’

यसका साथै उनले दार्जीलिङ पहाड़, तराई र डुवर्सका गोर्खाले देशभरि छरिएर बसेका डेढ़ करोड़ गोर्खाहरूको आकांक्षा र सपनालाई नेतृत्व गर्नुपर्ने बताए।

‘‘गोर्खा जाति र समाजका लागि एउटा राम्रो समय आउँदैछ। आफ्नो जाति र समाजका लागि जे पनि हुनसक्छ, त्यो मैले सांसदभित्र र बाहिर गरिरहेको छु’’, उनले थपे, ‘‘यो माटोको सुरक्षा म अवश्यै गर्नेछु। र 2024 भन्दा अघि कुनै न कुनै समाधान अवश्यै गरेर देखाउँछु।’’

‘‘पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो। यो माटोको सुरक्षा म अवश्यै गर्नेछु’’, भाषणको शुरुमै विष्टले भनेका थिए।

यसअवसरमा उनले मिलनमोड़को खेल मैदानको बाउण्ड्री वालका लागि सांसद कोषबाट 10 लाख दिने घोषणा पनि गरे। यसभन्दा अघि उनी आज दोस्रो दिन सीएएबारे बुझाउनका लागि सिलगढ़ी क्षेत्रका घर घर र पसल पसल पुगेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here