सामाजिक कार्यलाई निरन्तरता दिँदै नमस्ते फाउण्डेशन

0
2076

दार्जीलिङ, 11 जनवरीः समाज र परिवारबाट उपेक्षित र अवहेलित भई सड़कपेटीमा कष्टप्रद जीवन बिताउन बाध्य असहाय र वृद्ध-वृद्धालगायत रोगीहरूका सेवाका परोपकारी कार्य गर्ने महत् उद्देश्य राखेर स्थापना गरिएको सामाजिक संस्था नमस्ते फाउण्डेशनले आज मासिक रूपमा गर्दै आएको सेवा कार्यलाई निरन्तर दियो।

प्रतिदिन सेवाका परोपकार कार्य गर्दै आएको नमस्ते फाउण्डेशनले मेनोर एक्टिभिटिजनाममा मासिक रूपमा यो कार्यलाई थप फराकिलो बनाउँदै आएको छ।

यसैक्रममा आज फाउण्डेशनले हेडेन हलअघि 10 जना असहाय र वृद्ध-वृद्धालाई सरसफाइ गरी लुगाफाटा फेरिदिनका  साथै उनीहरूलाई भोजन वितरण गरेको थियो। यो कार्यमा फाउण्डेशनका सदस्य उत्साहपूर्वक भाग लिएका थिए।

उल्लेखनीय छ, स्थापनादेखि नमस्ते फाउण्डेशनले सामाजिक सेवाका परोपकारी कार्यलाई प्रतिदिन फराकिलो बनाउँदै आइरहेको छ। यसैक्रममा केही दिनअघि नमस्ते फाउण्डेशनको सिक्किम शाखा खोलिएको थियो भोलि अर्थात् १२ जनवरीको दिन सिलगढ़ी शाखा खोलिँदैछ।

अर्कोतिर हिजो आर्थिक सहयोग प्रदान गर्ने राजेश महेन्द्र छेत्री र आजको मेनोर एक्टिभिटिजमा सहयोग गर्ने सबै सहृदयीलाई फाउण्डेशनले आभार प्रकट गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here