केन्द्र सरकारका अधिकारीद्वारा परियोजनाहरूका निगरानी र जाँच

0
1004
परियोजनाको निगरानी र जाँच गर्दै केन्द्र सरकारका अधिकारी।

सिलगढ़ी, 13 जनवरीः सोमवार जल एवं स्वच्छता विभाग केन्द्र सरकारका अतिरिक्त सचिव अरुण कुमार बरुवाले नक्सलबारी ब्लकअन्तर्गत् पर्ने ग्राम पञ्चायत क्षेत्रहरूका भ्रमण निरीक्षण गरे।

यसअवसरमा सिलगढ़ीका महकुमा अधिकारी, नक्सलबारीका खण्ड विकास अधिकारी, सिलगढ़ी महकुमा परिषद्का कार्यकारी अधिकारी, ग्राम पञ्चायत प्रधानलगायत अन्य अधिकारीहरू पनि उपस्थित थिए।

जानकारीका अनुसार यी अधिकारीहरूले नक्सलबारी ब्लकअन्तर्गत्का पञ्चायत क्षेत्रका परियोजनाहरूका निगरानी गर्नका साथै परियोजनाको सर्वेक्षण उचित रूपमा भएको छ/छैन, त्यसको जाच पनि गरे।

यसअवसरमा ती अधिकारीहरूले समस्याहरूका गुनासो सुन्नका लागि स्थानीय जनतासँग कुराकानी पनि गरे भने स्वतन्त्र एजेन्सीहरूद्वारा गरिएका कार्य र सर्वेक्षणबारे उनीहरूले प्रतिक्रिया पनि जान्ने कोशिश गरे।

अप्पर बाघडुग्रा ग्राम पञ्चायतअन्तर्गत् एमएम तराईको भ्रमण निरीक्षणबारे नक्लसबारीका खण्ड विकास अधिकारी बापी घोषसँग जान्न चाहँदा उनले उक्त क्षेत्रमा पानी र स्वच्छताका कार्य गरिसकिएको बताए।

साथै यहाँ स्वतन्त्रता एजेन्सीद्वारा सर्वेक्षण कार्य पनि अघिबाटै गरिएको बताए। यसैले यी कार्यहरूका निगरानी गर्न तथा जनताबाट प्रतिक्रिया जान्नका लागि जल एवं स्वच्छता विभाग केन्द्र सरकारका अधिकारीहरू भ्रमणमा आएका हुन्।

यो भ्रमण निरीक्षणअवधि जनतासँग अन्तरक्रिया गरेपछि केन्द्र सरकारका अधिकारहरूले कार्य र सर्वेक्षणप्रति हर्ष प्रकट गरेको पनि नक्सलबारी खण्ड विकास अधिकारी घोषको भनाइ छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here