सिलगढ़ी, 13 जनवरीः 8 वर्षीय बालकलाई 18 वर्षीय युवकले दुष्कर्म गरेको घटनाले बाघडुग्रा क्षेत्रमा सनसनी फैलिएको छ। यो घटना अप्पर बाघडुग्रामा भएको हो।
पीड़ित बालक स्थानीय सरकारी प्राथमिक पाठशालामा दोस्रो श्रेणीमा अध्ययनरत् छात्र हुन्।
जानकारीका अनुसार यो घटना बिहीवार दिउँसो भएको हो। तर दुष्कर्मका आरोपी युवक पक्राउ नपरेपछि सोमवार पीड़ित बालकका घरपरिवारले घटनाबारे मिडियालाई जानकारी गराएका हुन्।
पीड़ित परिवार आर्थिक रूपले विपन्न अवस्थाका छन्। पीड़ित बालकका बुवा दैनिक मजदुर हुन् भने आमा अरूको घरमा काम गर्नेगर्छिन्।
घटनाबारे बोल्दै पीड़ित बालककी आमाले भनिन्, “मेरा छोरो रोइरहेका थिए। उनलाई सोध्दा घटनाबारे हामीले थाह पाएका हौं। उनलाई एक युवकले जबर्जस्ती नदीको किनारमा लगेर दुष्कर्म गरेको मेरा छोरोले मलाई बताए। त्यसै राति दर्जनौं नारीहरूलाई लिएर म बाघडुग्रा पुलिस थानामा पुगेर ती युवकविरुद्ध लिखित उजुरी दर्ता गरे।”
उनको आरोपका अनुसार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा आफ्नो छोरोको मेडिकल जाँच गरिए तापनि पुलिसले न त मेडिकल रिपोर्ट न त लिखित उजुरीको प्रतिलिपि नै दिएको छ।
यसका साथै आरोपी युवक भागेका छन्। तर, पुलिसले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।
अर्कोतिर, पीड़ित बालकका बुवाले आफूहरू गरीब भएकै कारण यी युवकले धेरै यातना तर धम्की दिनेगरेको आरोप लगाए। उनले पुलिससमक्ष न्यायका लागि गुहार लगाएका छन्।
यसैगरी यो खबर सोशल मिडियामा भाइरल भएपछि भारतीय जनता पार्टी (भाजपा), कङ्ग्रेस र मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा) अघि पीड़ित परिवारलाई न्याय दिलाउनका लागि अघि आएका छन्।
यी पार्टीका नेताहरूले पीड़ित परिवारलाई भेट गरी न्याय दिलाउन सहयोग पुर्याउने आश्वासन दिइरहेका छन्।
अर्कोतिर, दुष्कर्मको यो घटनापछि भागेका आरोपी युवकलाई पक्राउ गर्नका लागि पुलिस सक्रिय बनेको छ।