बाघपुलको वैकल्पिक पुल निर्माणको माग, विष्टलाई गडकरीको प्रत्युत्तर

0
1150
फाइल फोटो।

दार्जीलिङ, 14 जनवरीः बाघपुलको विकल्पको रूपमा बाग्राकोटनजिक एलेनबारीबाट सोझै सेवक बजारलाई जोड़्ने वैकल्पिक पुलको निर्माणकार्य चाँड़ै शुरु हुने कुरामा दार्जीलिङका सांसद राजु विष्ट विश्वस्त छन्।

विष्टले जनसंवादसँगको टेलिफोनिक कुराकानीमा बताएअनुसार पछिल्लो वर्षको दिसम्बर महिनामा डुवर्स भ्रमणावधि त्यहाँका नागरिक समाजले उल्लिखित विषय उनीसमक्ष कुरा उठाएका थिए। त्यसपछि उनी दिल्ली फर्केपछि तत्कालै सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीलाई यसविषयमा एक ज्ञापन चढ़ाएका थिए।

पछिल्लो 2 जनवरीको दिन केन्द्रिय मन्त्री गडकरीले यसै ज्ञापनको प्रत्युत्तरमा पठाएको पत्रमा सम्बन्धित मागबारे विभागीय सचिवलाई आवश्यक पहल गर्न भनिएको दिइसकेको उल्लेख गरिएको छ।

1937 –मा निर्माण गरिएको बाघपुलको अवस्था सोचनीय बनेको तथा पछिल्लो 2011 र 2015 मा आएको भुइँचालोले हल्लाएको कारण यो पुल थप जोखिमपूर्ण  बनेको विष्टको भनाइ छ। यसैले पनि एलेनबारीदेखि सेवक बजारसम्म वैकल्पिक पुलको निर्माण गरिन अत्यावश्यक रहेको उनले बताएका छन्।

विष्टका अनुसार यो वैकल्पिक पुलको निर्माण भएको खण्डमा क्षेत्रवासी मात्र लाभान्वित नबनेर इन्धनको खपत पनि कम्ती हुनेछ। साथै यो पुलको निर्माणका लागि अलिपुरद्वारका सांसद जोन बारला पनि लगातार केन्द्रिय मन्त्रीसँग भेट गरी माग गरिरहेको उनले बताएका छन्।

‘दार्जीलिङ पहाड़, तराई र डुवर्सका समस्याहरूका समाधानका लागि मिलेर काम गर्नका लागि प्रतिबद्ध छौं’, उनले भनेका छन्। साथै वैकल्पिक पुल निर्माणका पुल शुरु गरेकोमा सांसद राजु विष्टले केन्द्रिय मन्त्री गडकरीप्रति आभार प्रकट गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here