दार्जीलिङ, १४ जनवरीः आमाको मृत्युपीड़ा सहन गर्न नसकेर २७ वर्षीय युवकले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। युवकको नाम राहुल सुब्बा बताइएको छ।
पुलिसका अनुसार सुब्बा तकभर चौथो विभाग, वीरधुरानिवासी हुन्। जानकारीका अनुसार उनकी आमाको मृत्यु आइतवार भएको थियो।
यसैले आमाको मृत्युपीड़ा सहन नसकेपछि राहुल अवसाद (डिप्रेशन)-मा गएको प्राथमिक जाँचबाट पत्तो लागेको पुलिसले बताएको छ।
पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टमका लागि पठाएको छ भने राहुलको आत्महत्याले गाउँमा शोकको छाएको छ।
राहुलको शव पुलिसले उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको पनि पुलिसले जानकारी गराएको छ। राहुलको आत्महत्यापछि गाउँमा नै शोक छाएको छ।