टाटा मुम्बई म्याराथनमा दौड़न रन विथ रोशनीका धावकहरू मुम्बई प्रस्थान

0
1092
मुम्बई प्रस्थान गर्नअघि रन विथ रोशनीकी संस्थापक रोशनी राई र अन्य धावकहरू।

सिलगढ़ी, 14 जनवरीः टाटा मुम्बई म्याराथनमा भाग लिनका लागि रन विथ रोशनीका धावकहरू मङ्गलवार मुम्बई प्रस्थान गरेका छन्।

रन विथ रोशनीकी संस्थापक रोशनी राईका अनुसार आउँदो 19 जनवरीको दिन सम्पन्न हुने यस म्याराथनमा भाग लिनका लागि आज मुम्बई प्रस्थान गर्ने धावकहरूका सङ्ख्या 16 छ, जसमा 5  सिनियर छन्।

उनका अनुसार 5 सिनियर धावक आ-आफ्नै खर्चमा टाटा मुम्बई म्याराथनमा सहभागी बनिरहेका छन् भने अन्यलाई रन विथ रोशनले प्रयोजन गरेको छ।

यी प्रतिभागीहरू दार्जीलिङ र कालेबुङ जिल्लाका हुन्। राईका अनुसार कुल 19 जना यस म्याराथनमा दौड़िनका लागि पञ्जीकरण गरेको भए तापनि तीनजना धावक आ-आफ्ना कतिपय समस्याले गर्दा मुम्बई जानसकेनन्।

यसपालि टाटा मुम्बई म्याराथनमा भाग लिन नसक्ने धावकहरूमा विकास भुजेल पनि छन्। उनी रन विथ रोशनीका प्रमुख धावकहरूमध्ये एक हुन्। विकास भुजेलले टीसीएस वर्ल्ड 10के बेङ्ग्लोर 2019, एयरटेल दिल्ली हाफ म्याराथन र टाटा स्टिल कोलकाता-2019 मा 25 किलोमिटरको दौड़ जितिसकेका छन्।

उनले पनि टाटा मुम्बई म्याराथनमा पञ्जीकरण गरेका थिए तर त्यसै दिन सम्पन्न हुने क्रस कन्ट्री नेशनल च्याम्पियशिपमा छनोट भएको कारण यस म्याराथनमा सहभागी बन्न नपाएको राईले थप बताएकी छन्।

क्रस कन्ट्री नेशनल च्याम्पियनशिपमा छनोट हुने विकास दार्जीलिङ र कालेबुङ जिल्लाबाट पहिलो धावक हुन्।

2012 देखि रन विथ रोशनीले टाटा मुम्बई म्याराथनलगायत देशका विभिन्न म्याराथन प्रतियोगितामा भाग लिँदै आइरहेको छ भने उल्लेखनीय प्रदर्शन पनि गर्दै आएको छ।

रन विथ रोशनीले धावकहरूलाई मुम्बई म्याराथनमा लिएर गएको लगातार नवौं वर्ष भएको छ”, उनले भनिन्।

यसका साथै मुम्बई मात्र होइन देशभरिका म्याराथनमा वी आर गोर्खाज्, प्राउड टु बी इण्डियन’ –लेखिएको टी-सर्ट लगाएर दौड़िँदै आएको र 19 जनवरीमा यसै स्लोगान लेखिएको टी-सर्ट लगाएर दौड़िने रोशनी राईले बताइन्।

यो स्लोगानलाई ओलम्पिकसम्म लिएर जाने हाम्रो मुख्य उद्देश्य छ”, उनले भनिन्। उनका आज अनुसार मुम्बई प्रस्थान गर्नेहरूमा केही नयाँ धावक छन्, जसले कालेबुङ हाफ म्याराथनमा भाग लिएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here