तीनवटा चियाकमानका श्रमिकहरूले अझै पाएका छैनन् रहल बोनस

0
1339
एचपीडब्ल्यूयू महासचिव एसके लामा।

दार्जीलिङ, १५ जनवरीः दार्जीलिङ पहाड़का तीनवटा चियाकमानमा अझै रहल ८ प्रतिशतको बोनस बाँड़िएको छैन। बोनस नपाउने ती चियाकमानहरू क्रमैले लङ्भ्यु, सिङताम र रङ्ग्ली रङ्लियट हुन्।

जानकारीका अनुसार यी चियाकमानहरू वेतनको समस्या पनि समय समयमा देखिँदै आएको छ। वेतन र बोनसलाई केन्द्र गरी पछिल्लो १० दिसम्बरको दिन खरसाङस्थित लङ्भ्यु चियाकमान  केही दिनका लागि बन्द भएको थियो। यद्यपि केही दिनपछि यो चियाकमान पुनः खोलिए कमानको अवस्था नाजुक छ।

यसैबीच, यी तीनवटा चियाकमानमा अझैसम्म बोनस वितरण नगरिएको गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू)-ले प्रश्न उठेको छ।

खोइ यी तीनवटा चियाकमानले अझैसम्म बोनस पाएको?”, एचपीडब्ल्यूयू केन्द्रिय महासचिव एसके लामाले प्रश्न गरेका छन्।

उल्लेखनीय छ, गत वर्षको ८ नोभेम्बरका दिन कोलकातामा बसिएको त्रिपक्षीय बैठकमा रहल ८ प्रतिशत बोनस २२ दिसम्बरभित्र दिइसक्ने कुरामा सहमति भए तापनि अझै यी तीनवटा चियाकमानका श्रमिकले बोनस पाएका छैनन्।

अर्कोतिर, एचपीडब्ल्यूयू महासचिव एसके लामाले यी तीनवटा चियाकमानका श्रमिकहरूले अझैसम्म बोनस पाउन नसकेकोमा विनयपन्थी मोर्चाको श्रमिक सङ्गठन दार्जीलिङ तराई, डुवर्स प्लाण्टेशन लेबर युनियन (डीटीडीपीएलयू)- भूमिकामाथि प्रश्न उठाउनका साथै तीखो शब्दमा कटाक्ष गरेका छन्।

२० प्रतिशत बोनस हाम्रो कारणले गर्दा पाएको हो भनेर एकलै श्रेय लिन डङ्क पिट्ने वियनपन्थी गोजमुमो र डीटीडीपीएलयू यी चियाकमानका श्रमिकहरूलाई बोनस नपाउँदा किन अहिलेसम्म बोलेका छैनन्। किन उनीहरू यस विषयमा मौन बसेका छन्, उनले भनेका छन्।

यसका साथै आजका दिनसम्म पनि बोनस नपाएका लङ्भ्यु, सिङ्ताम र रङ्ग्ली रङ्लियट चियाकमानमा प्रबन्धकपक्षले चाँड़ोभन्दा चाँड़ो बोनस वितरण गर्नुपर्ने पनि उनले माग गरेका छन्।

 यसैबीच, डीटीडीपीएलयू खरसाङ महकुमाका अध्यक्ष प्रणाम रसाइलीले बताएअनुसार लङ्भ्यु चियाकमानको बोनस विषय आउँदो २८ जनवरीको दिन एक बैठक डाकिएको छ।

त्यस दिनको बैठकमा लङ्भ्यु चियाकमानको बोनस विषयमा ठोस निर्णय लिइने कुरामा उनी विश्वस्त छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here