व्यक्तिगत हित र राजनीतिक फाइदाका लागि जातिलाई जोखिममा राख्ने व्यक्ति म होइनः विष्ट

1
1100
राजु विष्ट (फाइल फोटो)।

दार्जीलिङ, 16 जनवरीः गोर्खा समुदायमाथि कसैले बदनाम गर्ने र चोट  पुर्‍याउने काम गरेको खण्डमा सबैभन्दा पहिला चोट महसुस गर्ने र आक्रोशित बन्ने आफू पहिला व्यक्ति रहेको दाबी गर्दै दार्जीलिङका सांसद राजु विष्टले भाजपा प्रदेश अध्यक्षको बयानलाई लिएर अनावश्यक विवाद खड़ा गरिएको बताएका छन्।

यसअवधि पछिल्लो महिना आफ्नो पार्टीका सांसद निशिकान्त दुबेले संसदमा पूर्व लोकसभा सांसद स्व. मणिकुमार सुब्बाप्रति गलत बयान दिँदा आफूले त्यसको प्रतिवाद जनाएको पनि बताएका छन्।

विष्टको दाबीका अनुसार दिलीप घोषले आफ्नो बयानमा 2017 को आन्दोलनमा सरकारी सम्पत्तिलाई क्षति पुर्‍याएको बहानामा ममता ब्यानर्जीको सरकारले 11 गोर्खालाई गोली ठोकेको थियो भन्ने कुरालाई औंल्याएका थिए। यो कुरालाई घोषले पछिल्लो वर्षको 24 दिसम्बरका दिन सिलगढ़ीमा सीएएको समर्थनमा आयोजित र्‍यालीलाई सम्बोधन गर्ने क्रममा पनि भनेका थिए।

तर, यो बङ्गाली भाषामा भएकोले धेरैले उनको वास्तविक भावनाबाट अन्जान रहेकोलेआज आक्रोशित भएका हुनसक्छन्”, विष्टले भनेका छन्।

उनले थप भनेका छन्, “आफ्नो व्यक्तिगत हित र राजनीतिक फाइदाका लागि आफ्नो जातिलाई जोखिममा राख्ने व्यक्ति म होइन। मेरा लागि मेरो देश र मैले प्रतिनिधित्व गर्ने मानिस सबैभन्दा पहिला आउँछ। यदि कसैले पनि हाम्रा मानिसलाई केही भन्यो भने, त्यसविरुद्ध म निर्धक्कसँग बोल्नेछु। गोर्खाहरू देशप्रति कतिसम्म समर्पित छन् भन्ने कुरा प्रत्येकलाई थाह छ। हामीलाई कसैले पनि बदनाम गर्ने साहस गर्दैनन्।

यसका साथै उनले मानिसहरूलाई गैरसम्बन्धित मुद्दाहरूबारे उत्तेजित नभइदिने जनतालाई अपील पनि गरेका छन्।

भिडियो खराब मनशायले सम्पादन गरिएको छ। साथै प्रसङ्गबाहिरको कुरा लिइएको छ, सांसद राजु विष्टले दार्जीलिङ पहाड़का जनतालाई आश्वस्त पार्दै भनेका छन्, म तपाईंहरू प्रतिनिधित्व गर्छु। कृपया ममाथि विश्वास गर्नुहोस्। म तपाईंहरूलाई कहिले निराश पार्दिन।

1 टिप्पणी

  1. सासंद ज्यु तपाईँ ले निसिकान्त दुबे को गोर्खा बिरोधी बयान लाई ढाकछोप गर्ने कोशिष गर्नु भयो अहिले आएर दिलीप घोष को बयान लाई पनि ढाकछोप गर्नु हुदैछ NDTV को दिलीप घोष को अन्तर्वार्ता लाई खराब सम्पादन भन्नु हुदैछ त्यो त बगांली भाषामा थिएन त।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here