दार्जीलिङ जिल्ला अस्पतालमा केमोथेरापी केन्द्र शुरु

0
1664

दार्जीलिङ, 17 जनवरीः दार्जीलिङ जिल्ला अस्पतालमा केमोथेरापी केन्द्र शुरु भएको छ। यसका साथै दार्जीलिङ दार्जीलिङ अस्पताल केमोथेरापी केन्द्र शुरु गर्ने बङ्गालमै पहिलो अस्पताल पनि बनेको छ।

राज्य सरकारले बङ्गालका सम्पूर्ण अस्पतालमा केमोथेरापी केन्द्र शुरु गर्ने योजना बनाए तापनि अहिलेसम्म अन्य अस्पतालहरूमा यो केन्द्र शुरु नभएको दार्जीलिङ जिल्ला अस्पतालका अधीक्षक डा. सैकत प्रधानले जानकारी गराएका छन्।

यसैले अब दार्जीलिङमा केमोथेरापी लिइरहेका रोगीहरूलाई धेरै सुविधा पुग्ने डा. प्रधानले बताएका छन्।

उनले दिएको जानकारीका अनुसार यसअघिसम्म दार्जीलिङ जिल्ला अस्पतालमा केमोथेरापी लिने रोगीहरू केमो लिएपछि आ-आफ्नो घर जाने गर्थे अथवा अस्पतालमा उपचाराधीन छन् भने वार्डमा नै रोगीहरूलाई केमो दिइने गरिन्थ्यो।

तर, अब केमोथेरापीका लागि अलग्गै रूम तयार पारिएको छ, जहाँ दुईवटा पुरुष र दुईवटा महिलाका लागि बेड पनि राखिएका छन्। यसका साथै केन्द्रमा प्रत्येक समय नै डाक्टर पनि उपलब्ध रहने उनले बताएका छन्।

जसकmo कारण पनि केमोथेरापी गराइरहेका रोगीहरूलाई सुविधा पुग्ने भएको हो। यसअघिसम्म धेरैजना रोगी केमोथेरापीका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल जानुपर्थ्यो”, अस्पतालका अधीक्षक डा. प्रधानले भने।

यसका साथै दार्जीलिङ जिल्ला अस्पतालमा केमोथेरापी पूर्णरूपले निःशुल्क गरिने पनि जानकारी गराए। जुन उपचारका लागि प्राइभेट अस्पतालतिर रोगीको अवस्था हेरेर खर्च हुने पनि उनको भनाइ छ।

यसैगरी डा. सैकत प्रधानले दार्जीलिङ जिल्ला अस्पतालमा शीघ्रै बर्न युनिट (जलेको बिरामी राख्ने वार्ड) र थेलासेमिया कन्ट्रोल युनिट पनि शुरु गर्ने योजना तयार पारिएको बताए।

यसका लागि उनले स्वास्थ्य विभाग साथै सम्बन्धित अधिकारीवर्गसँग कुराकानी गरिसकेको पनि जानकारी गराउँदै यसका लागि काम शीघ्रै शुरु हुने आशा गरिएको पनि बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here