वेतन नदिएपछि ह्याप्पीभेल्लीका प्रबन्धक बहिष्कार

0
1050

दार्जीलिङ, 18 जनवरीः समयमा वेतन नपाएपछि ह्याप्पीभेल्लीका श्रमिकहरूले प्रबन्धक एनपी सिंहलाई बहिष्कार गरेका छन्। साथै प्रबन्धक सिंहलाई कुनै पनि स्थितिमा ह्याप्पीभेल्ली चियाकमानमा फर्केर आउन नदिने बताएका छन्।

यदि प्रबन्धक सिंह पुनः ह्याप्पीभेल्ली फर्केर आएको खण्डमा कुनै पनि प्रकारको तनाउ सिर्जना भएमा त्यसको जिम्मेवारी मालिकपक्ष हुने चेताउनी पनि दिइएको छ।

जानकारीका अनुसार प्रबन्धक एनपी सिंह पछिल्लो 10 जनवरीदेखि नै छुट्टीमा गएका छन्। 13 जनवरीका दिन छुट्टीमा जानुपर्ने प्रबन्धक वेतनको टुङ्गो नलगाइ तीनअघि नै छुट्टीमा गएपछि श्रमिकहरू थप आक्रोशित बनेका छन्।

यसैको विरोधमा आज श्रमिकहरूले गेटसभा पनि गरे। साथै गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू) र विनयपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई, डुवर्स प्लाण्टेशन लेबर युनियन (डीटीडीपीएलयू)- ले सभा गरे।

सभामा प्रबन्धक एनपी सिंहलाई बहिष्कार गर्ने निर्णय गरिएको छ।  समयमा वेतन दिलाउन नसकेको तथा आफ्नै नियम कानूनहरू लागू गरी श्रमिकहरूलाई सताउने यी प्रबन्धकमाथि आरोप लागेको छ।

यसका साथै पछिल्लो वर्ष अवकाश ग्रहण गरेका श्रमिकहरूले पनि आजका दिनसम्म ग्रेजुटी नपाएको यी दुवै सङ्गठनको भनाइ छ। अर्कोतिर प्रबन्धक एनके सिंहलाई बहिष्कार गरिएकोबारे पोस्टरिङ गर्नका साथै दार्जीलिङकी जिल्लापाल दीपाप प्रिया पी-लाई जानकारी गराइएको छ।

“शनिवारदेखि ह्याप्पी भेल्लीका सम्पूर्ण श्रमिक/स्टाफहरूद्वारा प्रबन्धक एनपी सिंहलाई बहिष्कार गरियो। यी प्रबन्धकलाई मालिकपक्षले फेरि ल्याउने कोशिश कोशिश गर्दा कुनै तनाउ सिर्जना भए मालिकपक्ष स्वयं जिम्मेवारी हुनपर्नेछ’’, पोस्टरमा थप भनिएको छ, “यदि ह्याप्पीभेल्ली चियाकमान स्थायी रूपमा चलाउन सक्दैन भने झट्ट बन्द गर। या त राम्रोसँग चलाऊ।”

पोस्टरमा श्रमिकहरूले आफ्नो काम यथावत राख्ने तर तीनपल्टको खर्च र एक महिनाको तलब नदिएसम्म टी बुटिक बन्द राख्ने बताइएको छ। यति मात्र होइन खर्च र तलब दिए तापनि प्रबन्धक एनपी सिंहलाई भने कमानमा बस्न नदिने पोस्टरमा बताइएको छ।

प्राप्त जानकारीका ह्याप्पीका श्रमिकहरूले पाक्षिक रूपमा दिइने तीनपल्टको अर्थात् 45 दिनको खर्च पाएका छैनन्। त्यसैगरी स्टाफ-सबस्टाफहरूले एक महिनाको वेतन पाएका छैनन्।

बन्सल कम्पनीअधीनस्थ ह्याप्पीभेल्लीमा सात सयभन्दा अधिक श्रमिक/स्टाफ छन्। अर्कोतिर एचपीडब्ल्यूयू केन्द्रिय समिति महासचिव एसके लामाले बन्सल कम्पनीअधीनस्थ चियाकमानमा विभिन्न समस्या रहेको तथा सुचारू रूपमा चलाउन नसकिरहेको बताएका छन्।

लामाका अनुसार यस्तै समस्या पाण्डम चियाकमानमा पनि देखिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here