सिलगढ़ी, 19 जनवरीः आइतवार सम्पन्न टाटा मुम्बई म्याराथन 2020-मा रन विथ रोशनीका धावकहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
यस म्याराथनमा 55 हजारभन्दा बढ़ी धावकले भाग लिएका थिए, जसमा रन विथ रोशनीको ब्यानरमा दार्जीलिङ र कालेबुङ जिल्लाका कुल 13 धावक थिए।
रन विथ रोशनीकी संस्थापिका रोशनी राईले बताएअनुसार 40 देखि 45 वर्ष उमेर वर्गको 10 किलोमिटरको दौड़मा सरस्वती राई पहिलो भएकी छन्। उनले 44 मिनट 17 सेकेन्डमा आफ्नो दौड़ पूरा गरिन्।
त्यसैगरी, 10 किलोमिटरको दौड़ पान्डिमिथ लेप्चाले 53 मिनट 22 सेकेन्ड, अनिरा फिपनले 1 घण्टा 11 मिनट 42 सेकेन्ड, हनी प्रधानले 1 घण्टा 15 मिनट 1 सेकेन्ड, सुनिता राईले 1 घण्टा 23 मिनट 11 सेकेन्ड, सबिता राईले 1 घण्टा 35 मिनट 48 सेकेन्ड र अनिता नाडिकले 1 घण्टा 36 मिनट 14 सेकेन्डमा पूरा गरे।
यसैगरी, हाफ म्याराथनमा (21 किलोमिटर) -मा विवेक छेत्रीले 1 घण्टा 14 मिनट 3 सेकेन्डमा दौड़ पूरा गर्दै तेस्रो स्थान ओगट्न सफल भए। यो हाफ म्याराथनमा नयन तामाङ चौथो स्थानमा आए। उनले 1 घण्टा 14 मिनट 9 सेकेन्डमा दौड़ पूरा गरे।
19 देखि 24 वर्षसम्मको आयु वर्गको दौड़मा रोहित हरिजन पाँचौ स्थानमा आए। उनले 1 घण्टा 15 मिनट 11 सेकेन्डमा दौड़ पूरा गरे। सबिना राईले 1 घण्टा 29 मिनट 19 सेकेन्डमा, वन्दना सुब्बाले 1 घण्टा 48 सेकेन्ड 35 मिनट र रक्सान्दा थापाले 2 घण्टा 14 मिनट 41 सेकेन्डमा दौड़ पूरा गरे।
फुल म्याराथन (42 किलोमिटर)-मा समीक्षा राईले 4 घण्टा 25 मिनट 39 सेकेन्ड र रोशनी राईले 5 घण्टा 53 मिनट 33 सेकेन्डमा पूरा गरे।
जानकारीका टाटा मुम्बई म्याराथनमा 55,322 धावकले पञ्जीकृत गरेका थिए, जुन करिब 19 प्रतिशत ज्यादा हो।
धावकहरूलाई बधाई ।