सेलेना गोमेजको प्रतिघण्टा वर्कआउट खर्च 300 डलर

0
2346

सेलेनाले आफूलाई स्वस्थ राख्न वर्कआउटका लागि लगभग 300 डलर अर्थात्  21000 रुपियाँ प्रतिघण्टा खर्च गर्ने गर्छिन्।

सेलेना गोमेज (फाइल फोटो)।


चर्चित गायिका/अभिनेत्री सेलेना गोमेज आफ्नो फिटनेसलाई लिएर सधैँ सजग रहने गर्छिन्। उनी आफ्नो स्वास्थ्यलाई अत्यधिक ख्याल राख्ने सेलिब्रेटी हुन्।

खबरका अनुसार यी सेलिब्रेटीले पछिल्लो वर्ष स्वास्थ्यसम्बन्धी समस्या झेलेकी थिइन्। ल्युपस र किडनी प्रत्यारोपणका लागि तथा चिन्ता र अवसादसम्बन्धित समस्याले ग्रस्त पारेपछि लामो समयसम्म अस्पताल बसेकी यी 26 वर्षीया गायिका पछिल्लो महिना मात्र अस्पतालबाट घर फर्केकी हुन्।

उपचारपछि अहिले उनले आफूलाई  धेरै स्वस्थ अनुभूत गरिरहेकी छन्। लस एन्जेल्समा उनले आफ्नो वर्कआउटमा 300 डलर प्रतिघण्टाको हिसाबले खर्च गरिरहेकी छन्।

सेलेना आफ्नो पर्सनल लाइफ-लाई लिएर पनि सधैँ चर्चामा रहनेगर्छिन्। आफ्नो पहिलो बोयफ्रेण्ड जस्टिन बिबरसँग ब्रेकअपपछि सेलेनाले अहिले डीजे जेडसँग डेट गरिरहेको हल्लाले मार्केट पाएको थियो। यसभन्दा अघि सन् 2008 –मा सेलेनाको अफेयर निक जोन्ससँग थियो। यद्यपि निक र सेलेनाको प्रेम धेर दिन चलेन।

निक जोन्सले केही महिना अघि मात्र प्रियङ्का चोपड़ासँग विवाह गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here