गोर्खा जातिलाई जोगाउने जिम्मेवारी हामीले लिएका छौं : विनय तामाङ

0
1167
पत्रकारहरूलाई सम्बोधन गर्दै विनय तामाङ।

कालेबुङ, २८ जनवरीः गोर्खा जातिलाई बचाउने जिम्मेवारी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले लिएको दोस्रो खेमाका अध्यक्ष विनय तामाङले दाबी गरेका छन्।

साङ्गठनिक गतिविधिका लागि हाइवे-१० आएका तामाङले मङ्गलवार पत्रकारहरूसँग सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्।

‘‘गोर्खा जातिलाई कसरी र कुन प्रकारले जोगाउनु पर्ने र एनआरसी र सीएएबाट हाम्रो जातिलाई जोगाउन के गर्नुपर्ने गोर्खा जनमुक्ति मोर्चाले एउटा जिम्मेवारी लिएको छ, त्यसलाई हामी वहन गर्नेछौं’’, विनयले भने।

यस साथै उनले राज्य सरकारबाट प्राप्त हुने सुरक्षाका लागि राज्य सरकारसँग बारम्बार कुराकानी भइरहेको बताएका छन्। यसअवसरमा उनले भारतीय जनता पार्टी गोर्खा जातिका लागि इमानदार नरहेको औ 2024 को लोकसभामा चुनाउमा अर्कै मुद्दा बोकेर भाजपा दार्जीलिङ आउने विनयले दाबी गरे।

भाजपाको आलोचना गर्दै उनले भने, ‘‘2024 को मेनिफेस्टोमा गोर्खाहरूका लागि नयाँ कुरा लिएर आउँदैछौं भनेर राजु विष्टले  दिल्लीको नर्थ ब्लक र साउथ ब्लकको माइन्डसेटमा गोर्खाहरू छैनन् भनेर स्पष्ट पारिसकेका छन्। यसैले भाजपाबाट हामीलाई आशा नै छैन।’’

अर्कोतिर तामाङले 1950-को सन्धिको धारा 7 देखाएर गोर्खाहरूलाई नेपालका नागरिक भन्नेहरूले त्यसै सन्धिको धारा-8 पनि अध्ययन गर्नुपर्ने सुझाएका छन्। गोर्खाहरू भारतमा कहिलेदेखिका रहेछन् भन्ने जान्नका लागि धारा-8 पढ़्नुपर्ने उनको सुझाउ हो।

यसैगरी उनले गोर्खाहरूले न्याय नपाएसम्म आफूलाई राष्ट्रिय पर्वहरूमा सामेल नहुने अड़ानलाई दोहोऱ्याए। अहिलेसम्म भारतीय गोर्खाहरूले न्याय नपाएको कारण नै आफूले यस्तो अड़ान लिएर र न्याय पाएपछि पुनः राष्ट्रिय पर्वहरूमा सामेल हुने उनको भनाइ छ।

‘‘तर म भारत माताको सेवा सदा-सर्वदा गरिरहनेछु। भारत माता, राष्ट्र ध्वज, राष्ट्रिय गीत, संविधानप्रति मेरो आदर र सम्मान सधैं रहिरहनेछ’’, उनले भने।

अर्कोतिर मोर्चा दोस्रो खेमाका अध्यक्ष विनयले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको छैटौं अनुसूचीको मागमाथि भने कुनै प्रकारको टिप्पणी नगर्ने बताए भने बोडोल्याण्ड सम्झौतामा भाजपा सरकारले त्यहाँका मानिसहरूलाई विश्वासघात गरेको आरोप लगाए।

विनयका दाबीअनुसार भाजपाले दिन्छु भनेको कुरा केन्द्रले दिएन। नाम पनि पनि परिवर्तन भएको छ। ‘‘बोडोल्याण्ड  टेरिटोरियल रिजन लगभग जीटीएजस्तै छ। यसलाई जीटीएभन्दा एक स्टेप माथिको भन्न सुहाउँदैन’’, उनले भनेका छन्।

कालेबुङ, 28 जनवरीः गोर्खा जातिलाई बचाउने जिम्मेवारी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले लिएको दोस्रो खेमाका अध्यक्ष विनय तामाङले दाबी गरेका छन्। साङ्गठनिक गतिविधिका लागि हाइवे-10 क्षेत्र आएका तामाङले मङ्गलवार पत्रकारहरूसँग सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्।

“गोर्खा जातिलाई कसरी र कुन प्रकारले जोगाउनु पर्ने र एनआरसी र सीएएबाट हाम्रो जातिलाई जोगाउन के गर्नुपर्ने गोर्खा जनमुक्ति मोर्चाले एउटा जिम्मेवारी लिएको छ, त्यसलाई हामी वहन गर्नेछौं”, विनयले भने।

यस साथै उनले राज्य सरकारबाट प्राप्त हुने सुरक्षाका लागि राज्य सरकारसँग बारम्बार कुराकानी भइरहेको बताएका छन्।

यसअवसरमा उनले भारतीय जनता पार्टी गोर्खा जातिका लागि इमानदार नरहेको तथा 2024 को लोकसभामा चुनाउमा अर्कै मुद्दा बोकेर भाजपा दार्जीलिङ आउने  दाबी गरे।

भाजपाको आलोचना गर्दै उनले भने, “2024 को मेनिफेस्टोमा गोर्खाहरूका लागि नयाँ कुरा लिएर आउँदैछौं भनेर राजु विष्टले  दिल्लीको नर्थ ब्लक र साउथ ब्लकको माइन्डसेटमा गोर्खाहरू छैनन् भनेर स्पष्ट पारिसकेका छन्। यसैले भाजपाबाट हामीलाई आशा नै छैन।”

अर्कोतिर, तामाङले 1950-को सन्धिको धारा 7 देखाएर गोर्खाहरूलाई नेपालका नागरिक भन्नेहरूले त्यसै सन्धिको धारा-8 पनि अध्ययन गर्नुपर्ने सुझाएका छन्। गोर्खाहरू भारतमा कहिलेदेखिका हुन् भन्ने जान्नका लागि धारा-8 पढ़्नुपर्ने उनको सुझाउ हो।

यसैगरी उनले गोर्खाहरूले न्याय नपाएसम्म आफूलाई राष्ट्रिय पर्वहरूमा सामेल नहुने अड़ानलाई दोहोर्‍याए।

अहिलेसम्म भारतीय गोर्खाहरूले न्याय नपाएको कारण नै आफूले यस्तो अड़ान लिएर र न्याय पाएपछि पुनः राष्ट्रिय पर्वहरूमा सामेल हुने उनको भनाइ छ।

“तर म भारत माताको सेवा सदा-सर्वदा गरिरहनेछु। भारत माता, राष्ट्र ध्वज, राष्ट्रिय गीत, संविधानप्रति मेरो आदर र सम्मान सधैं रहिरहनेछ”, उनले भने।

यसैबीच, मोर्चा दोस्रो खेमाका अध्यक्ष विनयले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको छैटौं अनुसूचीको मागमाथि भने कुनै प्रकारको टिप्पणी नगर्ने बताए भने बोडोल्याण्ड सम्झौतामा भाजपा सरकारले त्यहाँका मानिसहरूलाई विश्वासघात गरेको आरोप लगाए।

विनयका दाबीअनुसार भाजपाले दिन्छु भनेको कुरा केन्द्रले दिएन। नाम पनि परिवर्तन भएको छ। यसैबाट भाजपा सरकारको दुइमुखे कुरा स्पष्ट हुने तामाङको दाबी छ।

“बोडोल्याण्ड टेरिटोरियल रिजन लगभग जीटीएजस्तै छ। यसलाई जीटीएभन्दा एक स्टेप माथिको भन्न सुहाउँदैन”, उनले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here