तृणमूलका कार्यकर्ताहरू ‘गुण्डा’ : अधीर रञ्जन चौधरी

0
1076
कङ्ग्रेस सांसद अधीर रञ्जन चौधरी (फोटो-एएनआई ट्विटर)।

कोलकाता, २९ जनवरीः बङ्गालमा भइरहेको हिंसामाथि प्रतिक्रिया व्यक्त गर्दै कङ्ग्रेस नेता र सांसद अधीर रञ्जन चौधरीले सत्तारूढ़ तृणमूल कङ्ग्रेस र भाजपामाथि कटाक्ष गरेका छन्।

विशेषगरी तृणमूल कङ्ग्रेसप्रति आक्रामक देखिएका यी कङ्ग्रेस नेताले तृणमूल कार्यकर्ताहरूलाई गुण्डाको संज्ञा दिएका छन्।

मुर्शिदाबादमा भएको हिंसक झड़पमाथि प्रतिक्रिया व्यक्त गर्दै उनले भने, “तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले बम र बन्दुकले हमला गरे।’’ सांसद अधीर रञ्जन चौधरीको आरोपका अनुसार तृणमूल कङ्ग्रेसका नेताहरू नागरिकहरूमाथि हमला गरे।

“बङ्गालमा तृणमूल कङ्ग्रेससँग बम र बन्दुक छ। प्रशासन र पुलिस पनि उसकै छ। पुलिस प्रशासनले केही गर्दैन”, उनले थपे, “तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू गुण्डा छन्। यो सबैलाई थाह छ। मैले यो कुरा धेरैपटक भनिसकेको छु।”

अर्कोतिर चौधरीले भाजपासँग पनि बम र गोली रहेको बताए। यसैले बङ्गालको अवस्था खराब बन्दै गएको उनको भनाइ छ। भाजपाले चाहेको खण्डमा बङ्गालमा हिंसा रोक्न सक्ने चौधरीको भनाइ छ। किनभने केन्द्रमा भाजपाको शासन छ।

कङ्ग्रेस सांसद अधीर रञ्जन चौधरीका अनुसार केन्द्रले चाहेको खण्डमा एनआईए पठाउन सक्छ। सीबीआईलाई भनेर बङ्गालमा हिंसा रोक्न सक्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here