धोत्रे चियाकमानको फ्याक्ट्री जलेर खरानी

0
1784

दार्जीलिङ, 1 फरवरीः दार्जीलिङ शहरदेखि केही टाढ़ास्थित धोत्रे चियाकमानको तुङसुङ फ्याक्ट्री जलेर खरानी भएको छ। स्थानीय मानिसहरूका अनुसार शनिवार झिसमिसे उज्यालोमै उक्त फ्याक्ट्रीमा आगो लागेको छ। यद्यपि आगो कसरी लाग्यो, त्यो पत्तो लाग्न नसकेको बताइएको छ।

आज बिहानै आगो लागेको स्थानीय मानिसहरूले थाहा पाए उनीहरूले आगो निभाउने कोशिश गरेका थिए। जानकारीका अनुसार यो फ्याक्ट्री सन् 1944 मा बनाइएको हो।

अल्केमिस्ट ग्रुपअधीनस्थ रहेको धोत्रे चियाकमान केही वर्षदेखि बन्द अवस्थामा छ, जसलाई  खोल्नका लागि अहिलेसम्म समुचित पहल भएको छैन।

अर्कोतिर चियाबगान सङ्ग्राम समितिले आगलागीको घटनाको उचित छानबिन गरी दोषीहरूलाई सजाय दिनुपर्ने तथा फ्याक्ट्री पुनर्निर्माण गरी कमान सञ्चालनमा ल्याउनुपर्ने माग गरेको छ।

असामाजिक तत्त्वहरूले फ्याक्ट्रीमा आगो लगाएको हुनसक्ने चियाबगान सङ्ग्राम समितिले शङ्का गरेको छ।

जानकारीका अनुसार केही महिनाअघि यसै कमानको कार्यालयमा रहेका कम्प्युटर र अन्य सामानहरू चोरी भएको थियो। चोरीको घटनाबारे थाहा पाएपछि श्रमिकहरू यसबारे पुलिसलाई सूचित गरी सुरक्षा दिइनुपर्ने मागसमेत गरेको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here