चन्द्रमाको नदेखिने भागमा चीनको चाङ्ग ई-4 यान

0
1585
चीनको सरकारी मीडियाद्वारा जारी यानको तस्वीर

चीनको अन्तरिक्ष यान चाङ्ग ई-4  चन्द्रमा ओर्लेको छ। अमेरिकी संवाद माध्यमका अनुसार चीनको स्पेसक्राप्ट चन्द्रमाको त्यो स्थानमा अवतरण गरेको छ, जुन भागको अहिलेसम्म खोज पड़ताल हुनसकेको छैन।

यसभन्दा अघि यससम्बन्धमा चीनले पनि बयान जारी गरेको थियो। चीनले आफ्नो बयानमा भनेको थियो, अन्तरिक्ष यान चाङ्ग ई-4 आइतवार चन्द्रमाको कक्षमा पुगेको छ। चाङ्ग ई-4 र चन्द्रयान-२ दुवै ‘सबैभन्दा पहिला’ चन्द्रमाको धरतीमा अवतरण गर्न चाहन्थे। चन्द्रमाको यो भागबारे अहिलेसम्म कुनै ठोस जानकारी छैन।

उल्लेखनीय छ, चन्द्रमा आफ्नो धुरीमा यस्तो गरी घुम्छ, यसको एक भाग मात्र धरतीबाट देखिन्छ। चन्द्रमाको अहिलेसम्म नदेखेको भागको अध्ययन गर्नका लागि पहिलोपटक कुनै अभियान शुरु गरिएको हो। चाङ्ग ई-4–को लक्ष्य दक्षिणी ध्रुव-एटकन उपत्यकामा रहेको एक खाड़ल हो, जसको प्रभाव सौरमण्डलमा सबैभन्दा धेरै छ। चन्द्रमाको 1,600 क्षेत्र ओगटेको 8 माइल गहिरो यो उपत्यका सबैभन्दा पुरानो र गहिरो उपत्यका पनि हो।

चाङ्ग ई-4-ले चन्द्रमाको अहिलेसम्म नदेखेको भागको भू-संरचना र त्यो उपत्यकाको अध्ययन गर्नेछ। यसलगायत चन्द्रमामा रहेका खनिज  र त्यसको सतहको संरचनालाई पनि यसले पत्तो लगाउनेछ।

यो यानसँग चारवटा वैज्ञानिक उपकरण पनि पठाइएको छ। पृथ्वीबाट सोझै नदेखेको कारण चन्द्रमाको त्यो भागसँग सोझो सम्पर्क स्थापित गर्न लगभग असम्भव छ। यसै कारण चाङ्ग ई-4–मार्फत सम्पर्क स्थापित गर्नका लागि एक सेटालाइट पनि लञ्च गरिएको छ। क्युकिआमो नामको यो सेटालाइट पछिल्लो मई महिनामा नै लञ्च गरिएको थियो।

चन्द्रमाको एक भाग मात्र सधैँ देखिन्छ। किनभने चन्द्रमाले जुन गतिमा पृथ्वीको परिक्रमा गर्छ, त्यसै गतिमा यो आफ्नो धुरीमा पनि घुम्छ। यसै कारण चन्द्रमाको एक भाग देखिँदैन।

चन्द्रमाको यो नदेखिने भाग मानव बस्तीका लागि अनुकूल रहेको बताइँदैछ। किनभने यहाँ पानी बरफको ढिकाको रूपमा जमिबस्छ। यानसँग बाँधिएको ल्याण्डरमा जड़ान गरिएको जर्मन विकिरण डिटेक्टरले चन्द्रमाको नदेखिने भागमा मानिस लामो समयसम्म बस्न कतिसम्म जोखिमपूर्ण छ भन्ने कुराको परीक्षण गर्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here