दार्जीलिङ, 3 फरवरीः कङ्ग्रेसका वरिष्ठ नेता लरेन्स पीटी लामाको आइतवार राति निधन भएको छ। उनको निधनले दार्जीलिङ हिल कङ्ग्रेस नेतृत्व तथा कार्यकर्ताहरूमा शोकको लहर छाएको छ।
63 वर्षे लरेन्स पीटी लामा केही वर्षदेखि विभिन्न रोगले ग्रसित थिए। पारिवारिक सूत्रका अनुसार उनीलाई केही दिनअघि सिलगढ़ीको एक नर्सिङ होममा भर्ती गरिएको थियो।
हिजो राति करिब 10.20 बजेतिर उपचारको क्रममा उनको निधन भएको हो। दार्जीलिङ ज्योतिग्रामनिवासी लरेन्स पीटी लामा सन् 1982-देखि कङ्ग्रेस पार्टीमा थिए। यद्यपि जस्तै विकट परिस्थितिमा पनि उनी नीति र सिद्धान्तबाट पछि हटेनन्।
जानकारीका अनुसार केही वर्षदेखि उनी मस्तिष्कको नसा, डायबिटीज, मुटुसम्बन्धी तथा अन्य कतिपय रोगले ग्रसित थिए। उनको निधनमा दार्जीलिङका विभिन्न पार्टीका नेतृत्वहरूले पनि शोक व्यक्त गरेका छन्।
उल्लेखनीय छ, वर्तमान लरेन्स पीटी लामा दार्जीलिङ हिल कङ्ग्रेस दार्जीलिङ टाउन कमिटीका अध्यक्ष थिए।