आईडीबीआई कोलकाता फुल म्याराथनमा सोनियाको उत्कृष्ट प्रदर्शन

0
1549
सोनिया राई र छिरिङ ल्हमु भोटिया।

दार्जीलिङ, 3 फरवरीः दार्जीलिङकी धाविका सोनिया राईले आइतवार कोलकातामा सम्पन्न आईडीबीआई फेडरल लाइफ इन्सुरेन्स कोलकाता फुल म्याराथन 2020 मा उत्कृष्ट प्रदर्शन गरेकी छन्।

उनले 18 देखि 35 वर्ष आयु वर्गको 42 किलोमिटरको दौड़मा दोस्रो तथा समग्र दौड़मा  पाँचौं स्थान ओगट्न सफल भइन्। सोनियाले 4.8 मिनटमा आफ्नो दौड़ पूरा गरेकी थिइन्।

यस म्याराथनमा कुल 1600 भन्दा अधिक धावकले अंश ग्रहण  गरेका थिए। त्यसैगरी 35 देखि 45 आयु वर्गको दौड़मा दार्जीलिङमा छिरिङ ल्हमु भोटियाले पनि दोस्रो स्थान हासिल गरिन्।

उल्लेखनीय छ, सोनिया राई  दार्जीलिङको रामपुरेनिवासी हुन्। उनले पछिल्लो 21 जनवरीको दिन मुम्बईमा सम्पन्न टाटा मुम्बई म्याराथनमा चौबिन्दी र फरिया लगाएरै दौड़ेकी थिइन्। चौबन्दी र फरिया लगाएर दौड़िए तापनि उनी 42 किलोमिटरको फुल म्याराथनमा दशौं स्थान प्राप्त गरेकी थिइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here