नयाँ दिल्ली, 4 फरवरीः राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-लाई लिएर देशव्यापी विरोधबीच गृहमन्त्रालयले मङ्गलवार लोकसभामा लिखित जवाफ दिएको छ। गृह मन्त्रालयका अनुसार सरकारले एनआरसीलाई राष्ट्रियस्तरमा तयार गर्नेबारे अहिलेसम्म कुनै निर्णय लिएको छैन।
गृह राज्य मन्त्री नित्यानन्द रायले एक लिखित जवाफमा भने, “अहिलेसम्म सरकारले राष्ट्रियस्तरमा भारतीय नागरिकहरूको राष्ट्रिय रजिस्टर (एनआरआईसी)- तयार गर्नका लागि कुनै निर्णय लिएको छैन।’’
नागरिकता संशोधन अधिनियम (सीएए) –सहित एनआरसी र एनपीआरजस्ता मुद्दालाई लिएर विपक्षी दलहरूले संसदमा सरकारलाई घेर्ने कोशिश गरिरहेका छन्।
आज पनि शुरुदेखि नै संसदका दुवै सदनमा यी मुद्दाहरूलाई लिएर विपक्षी दलहरूले होहल्ला शुरु गरे। सदनको कार्वाही शुरु भएलगत्तै विपक्षी दलहरू एकजुट भएर सीएए, एनआरसी र एनपीआरलाई लिएर सरकारविरुद्ध नाराबाजी गरे।