मिस्ड कल देखेर कल ब्याक गर्दा ब्याङ्क ब्यालेन्स स्वाहा

0
1487
साङ्केतिक चित्र।

धेरै कम्ती मानिस नै हुन्छन्, जसले मिस्ड कल्स देखेपछि कल ब्याक गर्दैनन्। प्रायः सबैले मिस्ड कल्स देखेपछि केही अनिवार्य होला भन्ने भावले कल फर्काउने गर्छन्। तर यसरी कल फर्काउनदेखि बच्नुहोस्। जोगिनुहोस्। नम्बर राम्रोगरी चेक गर्नुहोस् अनि मात्र कल फर्काउनुहोस्। तपाईंको एक हतारोपनले जीवनभरि मिहिनेत गरेर कमाउनु भएको तपाईंको रगत पसिनाको पैसा स्वाहा हुनसक्छ।

मिस्ड कल्स अनिवार्य होइन, तर धोका हुनसक्छ।

वास्तवमा  मुम्बईका एक व्यवसायी भी शाहको मोबाइल नम्बरमा 27-28 दिसम्बरको अबेर अबेर राति 6 मिल्ड कल्स आयो। यसपछि उनको बेग्ला-बेग्लै ब्याङ्क खाताबाट 1.86 करोड़ रुपियाँ स्वाहा भयो। शाहको फोनमा रातिको 2 बजे +44 कोड भएको नम्बरबाट मिस्ड कल्स आएको थियो। यो कोड इङ्ग्ल्याण्डको कोड हो। मिस्ड कल्स देखेपछि शाहले कल ब्याक गरेका थिए। जसै शाहले कल ब्याक गरे, उनको सिमले कामै गर्न छोड़्यो। सिम अचानक बन्द भयो।

यसपछि ती व्यवसायी ब्याङ्क जाँदा उनको खाताबाट 1.86 करोड़ हराएको थाहा पाए। स्मरणरहोस्, साइबर ठगले शाहको पैसालाई बेग्ला बेग्लै खातामा पठाएको थियो। जसका लागि कुल 25 पटक ट्रान्जेक्शन गरिएको थियो।

ब्याङ्कको कठोर मिहिनेतपछि 20 लाख रुपियाँ फर्कियो, तर दिन-रात खटेर कमाएको शाहको रहल पैसामा चुना लाग्यो। उनले यबारे साइबर क्राइम पुलिस स्टेशनमा मामिला दर्ता गरेका छन्।  पुलिसका अनुसार 27 दिसम्बरको राति 11.15 बजे शाहको नम्बरबाट नयाँ सिम कार्डका लागि आवेदन गरिएको छ। र राति 2 बजे उनको नम्बरमा लगातार 6 मिस्ड कल्स आयो।

यसभन्दा अघि मुम्बईको घाटकोपरबाट साइबर ठगले 50 लाख रुपियाँ चोरेको थियो।

ठगहरूसँग शाहको सिमको युनिक नम्बर अघिबाटै हुनसक्छ। सिम फेर्ने अनुरोद गर्नदा युनिक नम्बर ह्याकिङमार्फत ठगहरूले चोरेको हुनसक्छ। शाहका अनुसार उनले सिमको नम्बर कसैसँग शेयर गरेका थिएनन्।

13 अगस्त 2018 –मा पुणेको कसमस ब्याङ्कमा सबैभन्दा ठूलो साइबर हमला भएको थियो।  यो हमलामा साइबर अपराधीहरूले सर्वर ह्याक गरी 94.42 करोड़ रुपियाँ चोरेका थिए। ह्याकर्सले 13 हजार ग्राहकलाई चुना लगाएका थिए।

यी कोड नम्बरहरूबाट कल आए जोगिनुहोस्-

देश    कोड

यूएस    +1

ब्रिटेन    +44

अफगान    +93

अल्बेनिया  +355

अल्जीरिया +213

अमेरिकन समोआ    +1684

अण्डोरा    +376

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here