आइतवार दार्जीलिङमा बस सेवा ठप्प रहने

0
1088

दार्जीलिङ, 7 फरवरीः आउँदो 9 फरवरी अर्थात् आइतवारका दिन दार्जीलिङका विभिन्न स्थानबाट चल्ने सबै बस सेवा ठप्प रहनेछ।

यद्यपि, पार्वत्य बस कर्मचारी सङ्गठनले यसदिन सरकारी बस सेवालाई पूर्णरूपले खुल्ला राखिएको पनि जानकारी गराएको छ।

विशेषगरी 9 फरवरी पार्वत्य बस कर्मचारी सङ्गठनको 34औं वार्षिक अधिवेशन हुनेछ।

यसैले यस दिन यस संगठन अधीनस्थ सबै बस चालक तथा मालिकवर्ग यस सभामा उपस्थित हुने भएकोले नै स्थानीय बस सेवा ठप्प राखिने भएको सङ्गठनका मूलसचिव प्रकाश बान्तवाले जनाएका छन्।

यस दिन यात्रीवर्गलाई पुग्ने असुविधाका लागि सङ्गठनले क्षमा पनि मागेको छ।

हाल दार्जीलिङका विभिन्न स्थानदेखि दार्जीलिङसम्म 16 वटा बस चल्ने गरेका छन्, जसमा तकदा-दार्जीलिङ, नागरी, धजे, मिरिक, कैंजले, मङ्पू तथा अन्य स्थानका बस सेवाहरू सामेल छन्। जुन बस सेवा 9 फरवरीका दिन बन्दद राखिनेछ। यसबाहेक दार्जीलिङबाट चल्ने एनबीएसटीसीका 8 वटा बस भने यस दिन खुला रहनेछ।

जानकारीका अनुसार सङ्गठनको सभा स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवनमा सम्पन्न हुने भएको छ। सभामा सङ्गठनका सम्पूर्ण सदस्यवर्ग अनिवार्य रूपमा उपस्थित हुनुपर्ने सङ्गठनले बताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here