कोरोना भाइरसः के हुँदैछ दार्जीलिङमा?

0
1810
विनयपन्थी मोर्चा नेता पुरण थामी।

दार्जीलिङ, 7 फरवरीः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले कोरोना भाइरसबाट बच्नका लागि तथा यसको उचित रोकथामहेतु दार्जीलिङ जिल्ला अस्पताल प्रशासनले के-कस्तो कदम उठाइरहेको छ भन्नेबारे जानकारी लिन दार्जीलिङका मुख्य स्वास्थ्य अधिकारीलाई एक ज्ञापन पेश गर्‍यो।

गोजमुमो नेता पुरण थामीको नेतृत्वमा गएको प्रतिनिधि टोलीले मुख्य स्वास्थ्य अधिकारीसित भेट गरी उचित जानकारी लिएको थामीले बताएका छन्।

विनय तामाङपन्थी गोजमुमोले सामाजिक विषयहरूमाथि काम गर्ने उद्देश्य लिएर जनसामाजिक सहयोग संस्थाको गठन गरेको छ, यसै संस्थाले आज जिल्लाका मुख्य स्वास्थ्य अधिकारीसित भेट गरेको हो।

“चीनबाट शुरु भएको कोरोना भाइरस गर्दाले विभिन्न देशमा आतङ्कको माहोल छाएको छ। यस्तै माहोल दार्जीलिङ पहाड़मा पनि व्याप्त छ। साथै यहाँका प्रत्येक मानिस आतङ्कित बनिरहेका छन्”, थामीले भने, “यसैले दार्जीलिङका जनतालाई यस भयावह आतङ्कबाट बचाउन स्वास्थ्य विभाग वा जिल्ला अस्पतालको तर्फबाट के-कस्तो पहल गरिरहेको छ भन्नेबारे जानकारी प्राप्त गर्नका लागि नै आज यो संस्थाको प्रतिनिधि टोलीले मुख्य स्वास्थ्य अधिकारीसित भेट गरेको हो।”

टोलीले जिल्लाका मुख्य स्वास्थ्य अधिकारीलाई दिएको पत्रमा  भनिएको छ, ‘दार्जीलिङ अन्तर्राष्ट्रिय सिमानाजस्तै नेपाल, भूटान अनि बङ्ग्लादेशको सीमा क्षेत्रले घेरिएको छ। यसैले यस दिशामा स्वास्थ्य विभागले कस्तो पहल गरिरहेको छ, त्यसबारे विभागले उचित प्रचार-प्रसार पनि गर्नुपर्छ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here