कैलाश विजयवर्गीय र मुकुल राय पुलिस हिरासतमा

0
1606
फोटो-एएनआई ट्विटर।

कोलकाता, 7 फरवरीः नागरिकता संशोधन अधिनियम (सीएए)-को समर्थनमा र्‍यालीलाई केन्द्र गरी कोलकाता पुलिसले भाजपा नेता कैलाश विजयवर्गीय, मुकुल राय र जयप्रकाश मजुमदारलाई हिरासतमा लिएको छ।

जानकारीका अनुसार र्‍याली शुरु गर्नअघि नै भाजपाका यी तीन शीर्ष नेतालाई पुलिसले हिरासतमा लिएको हो। बिनाअनुमति र्‍याली निकाल्न खोजेकोले भाजपाका नेताहरूलाई हिरासतमा लिइएको कोलकाता पुलिसको भनाइ छ।

यद्यपि र्‍यालीबारे पुलिस अधिकारीहरूलाई अघिबाटै जानकारी गराएको भाजपाले दाबी गरेको छ।

जानकारीका अनुसार आज कोलकाताको टेलिगञ्ज फेरीबाट सीएएको समर्थनमा भाजपाले अभिनन्दन र्‍याली निकाल्ने कार्यक्रम बनाएको थियो।

जसको फलस्वरूप भाजपाका राष्ट्रिय महासचिव एवं बङ्गालका प्रभारी कैलाश विजयवर्गीय, दिग्गज नेता मुकुल राय र जयप्रकाश मजुमदार र्‍यालीमा लागि जुटेका थिए। तर, र्‍याली शुरु हुनअघि नै पुलिसले उनीहरूलाई हिरासतमा लियो।

यसैबीच, पत्रकारहरूसँग कुराकानी गर्दै कैलाश विजयवर्गीयले भने, “ममता ब्यानर्जीले बङ्गालमा निरङ्कुश शासन शुरु गरेकी छन्। तर, भाजपालाई डर देखाउन सक्नेछैनन्।”

तृणमूल सरकारले सीएएको समर्थनमा शान्तिपूर्ण र गणतान्त्रिक र्‍यालीसमेत गर्न नदिइरहेको उनले आरोप लगाए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here