तृणमूल कार्यकर्ताहरूले धरना प्रदर्शनले मेयर अस्वास्थ्य

0
1494
सोमबार मेयर कार्यालयमा धरनामा बसेका तृणमूल कार्यकर्ताहरू।

सिलगढ़ी, 11 फरवरीः तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूको दिनभरिको धरना प्रदर्शनमा परेका सिलगढ़ी नगरनिगमका मेयर अशोक भट्टाचार्य अस्वास्थ्य बनेका छन्।

उल्लेखनीय छ, हिजो वार्ड नम्बर 37 -का पार्षद् रञ्जनशील शर्माको नेतृत्वमा तृणमूल समर्थकहरूले विधवा र वृद्ध भत्ताको माग गर्दै मेयर कार्यालयको घेराउ गरेका थिए, जसको फलस्वरूप भट्टाचार्य अबेर समयसम्मै आफ्नो कार्यालयमा थुनिएका थिए।

यसैबीच, आज उनी अस्वास्थ्य बनेको बताइएको छ। तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूकै घेराउमा परी मेयर भट्टाचार्य बिरामी बनेको माकपाको दाबी छ।

माकपा कार्यकर्ताहरूको आरोपका अनुसार धरना प्रदर्शनअवधि तृणमूल कङ्ग्रेसका प्रदर्शनकारीहरूले मेयर अशोक भट्टाचार्यलाई पानी र भोजनसमेत खान दिएनन्, जसको कारण नै उनी आज बिरामी बनेका हुन्।

बिरामी बनेकै कारण मेयर आज आफ्नो कार्यालयसमेत जान नसकेको बताइएको छ।

अर्कोतिर आज तृणमूल कङ्ग्रेसको उक्त धरना प्रदर्शनलाई ‘अनैतिक र गैरकानुनी कार्य’ बताउँदै वाममोर्चाका विभिन्न सङ्गठन र कङ्ग्रेस जिल्ला समितिले शहरमा प्रतिवाद र्‍यालीको आयोजन गरे।

र्‍यालीमा जिल्ला कङ्ग्रेस अध्यक्ष एवं विधायक शङ्कर मालाकार अनि माकपा जिल्ला सचिव जीवेश सरकार पनि उपस्थित थिए।

माकपाको पार्टी कार्यालय अनिल विश्वास भवनबाट शुरु भएको र्‍यालीले शहर परिक्रमा गरेको थियो।

र्‍यालीलाई सम्बोधन गर्दै मालाकार र सरकारले तृणमूल कङ्ग्रेसको तीखो शब्दमा निन्दा गरे।

साथै पुनः यस प्रकारको धरना प्रदर्शनी गरिएको खण्डमा यसको विरोधमा बृहत् रूपमा प्रतिवाद जनाउने चेताउनी दिए। तृणमूल कङ्ग्रेसका समर्थकहरू धेरै क्रुर र अमानवीय भएका छन्।

“विभिन्न रोगले ग्रसित वरिष्ठ नागरिक मेयरलाई तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले पानी र भोजनसमेत खान दिएनन्”, जीवेश सरकारले भने।

उल्लेखनीय छ, मेयर अशोक भट्टाचार्य विभिन्न रोगले ग्रसित छन्। गत वर्ष उनी सिकिस्त बिरामी बनेका थिए भने उपचारका लागि कोलकाताको एक अस्पतालमा भर्ती भएका थिए।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here