दार्जीलिङ, 13 फरवरीः भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रमण्यम स्वामीले दार्जीलिङलाई युनियन टेरिटोरी दिनुपर्ने भनी गरेको ट्वीट भाजपाको एक नाटक मात्रै हो भन्ने राष्ट्रवादी कङ्ग्रेस पार्टी (एनसीपा)-ले बताएको छ।
गोर्खा समुदायलाई भ्रममा राखेर राजनीति गर्नु भाजपाको पुरानो आदत हो भन्दै एनसीपी दार्जीलिङ जिल्ला अध्यक्ष फैजल अहमदले अघि भने, “भाजपा नेता सुब्रमण्यम स्वामीले दिल्लीको चुनाउमा भाजपाको गतिलो हारपछि यसको एउटा कारण गोर्खाल्याण्ड वा केन्द्रशासित प्रदेश गठन नहुनु हो भनेर सोशल मिडियामा पोस्ट गरेका छन्। तर, भाजपाले पहाड़वासी जनतालाई धोकामा राखेर राजनीति गर्नु भाजपाको पुरानो आदत हो।’’
फैजल अहमदका अनुसार दार्जीलिङका पूर्व सांसद जसवन्त सिंह, एसएस अहलुवालिया र हालमा राजु विष्ट, सबैले गोर्खा समुदायलाई भ्रममा राखेर काम गरे अनि गरिरहेका छन्।
“भाजपाका नेताहरूले प्रत्येक दिन नै सोशल मिडियामा घरी गोर्खाल्याण्ड, घरी युनियन टेरिटोरीको गठन गर्छन् अनि गरिरहेका छन् अनि अर्को दिन हराउने गर्छन्’’, उनले थपे, “तर दार्जीलिङ पहाड़मा आएर सत्य कुरा गर्ने भाजपा नेताहरूसित कुनै आँट नै छैन।’’
उनले आज फेरि गोर्खाल्याण्ड, युनियन टेरिटोरी साथै छैटौं अनुसूचीको विरोध जनाउँदै दार्जीलिङ पहाड़का जनता वा गोर्खा समुदायलाई गाँस, बास र कपासको मात्रै आवश्यकता रहेको बताए।
पहाडको ऐतिहासिक अस्तित्वको संघर्षमयी जन आकांक्षालाई उपेक्षा गरेर व्यक्तव्यहरु दिनु NCP को दुर्भाग्यपूर्ण काम हो। यस व्यक्तव्यलाई अविलम्ब सुधार गर्नु पर्दछ।