सिलगढ़ी, 19 फरवरीः बुधवार बिहानै बङ्गाल सफारीनजिक सेवकमा बस दुर्घटना भएको छ।
जानकारीका अनुसार जयगाउँबाट सिलगढ़ीतर्फ आइरहेको डब्ल्यूबी 73 ई 1904 नम्बरको बस आज बिहान करिब 8:30 बजे दुर्घटना भएको हो।
यस दुर्घटनामा परी दुई यात्रु गम्भीर तथा अन्य 8 यात्रु सामान्य घाइते भएको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि सिलगढ़ी पठाइएको छ।
बस अनियन्त्रित भई सड़कमा किनारमा रहेको बिजुलीको पोल र रूखसँग ठोकिन पुगेको थियो।
पुलिसका अनुसार बस अत्यन्त तीव्रगतिमा रहेकै कारण नै दुर्घटना परेको हो। बसका चालक घटनास्थलबाट भागेको बताइएको छ।