आकाशवाणी खरसाङ गोर्खा जातिको धरोहर : विष्ट

0
2066

खरसाङ, 21 फरवरीः सांसद राजु विष्टले आकाशवाणी खरसाङमा रहेका समस्याहरू सुल्झाउन र यसको संरक्षण र विस्तारका लागि आफ्नो सहयोग र प्रतिबद्धता दोहोऱ्याएका छन्।

शुक्रवार साँझ उनी आकाशवाणी खरसाङ पुगेका थिए। यसअवधि उनले त्यहाँका कर्मचारी र अधिकारीहरूसँग भेटेर भर्खरै स्वीकृत 50 किलोवाटको डिजिटल ट्रान्समिटरका लागि बधाई दिएका छन्।

प्राविधिक बढ़ोत्तरीको योजना ठप्प बनेपछि आकाशवाणी खरसाङको प्रसारणमा समस्या देखिएको थियो।

सूचना एवं प्रसारण मन्त्री प्रकाश जावेडकरले यसबारे जानकारी पाएलगत्तै यसबारे 50 किलोवाट डिजिटल ट्रान्समिटर स्थापित गर्न स्वीकृति दिएको विष्टको भनाइ छ।

यसअवसरमा उनले आकाशवाणी खरसाङका कर्मचारीहरूलाई सम्बोधन पनि गरेका थिए।

1962 मा स्थापित आकाशवाणी खरसाङले देशभरि छरिएर बसेका नेपालीभाषी मानिसहरूलाई एकीकृत गराउन ठूलो योगदान दिएको उनले बताए।

“आकाशवाणी खरसाङलाई तपाईंहरूले रेडियो स्टेशनको रूपमा मात्र नहेर्नुहोस्। यसलाई अझै बढ़ाएर लैजानुहोस्”, विष्टले थपे, “किनभने यो गोर्खा जातिको एक धरोहर हो।”

यसका साथै उनले आकाशवाणी खरसाङका समस्या सुल्झाउन र यसको संरक्षण र विस्तारका लागि आफ्नो सहयोग र प्रतिबद्धता दोहोऱ्याए।

साथै भविष्यमा सूचना एवं प्रसार मन्त्रीलाई पनि आकाशवाणी खरसाङमा लिएर आउने आश्वासन दिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here