विमलपन्थी गोजमुमो राज्यसँग वार्तामा बस्न तयार, रमेश आलेले भने -वार्तामा हामी स्थायी राजनीतिक समाधानको कुरा गर्नेछौं

0
1395
बिहीवार पत्रकारहरूलाई सम्बोधन गर्दै विमलपन्थी गोजमुमोका नेता कर्णल रमेश आले। 

कालेबुङ, 25 अक्टोबर : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) राज्य सरकारसित वार्ता गर्न इच्छुक देखिएको छ। यसका साथै गोजमुमोले राज्य सरकारलाई सन्देश पनि पठाइसकेको छ। बिहीवार वरुण भुजेलको पहिलो पुण्यतिथिमा सहभागी बन्न आएका गोजमुमो केन्द्रिय समितिका प्रभावशाली नेता कर्णल रमेश आलेले आफूहरू राज्य सरकारसित वार्ता गर्न तयार रहेको बताएका हुन्।
अहिले केन्द्र सरकारबाट राम्रो सङ्केत आइरहेको छ”, कर्णल रमेश आलेले भने, “हामीले मुख्यमन्त्री ममता ब्यानर्जीलाई हामी तपाईंसित वार्ता बस्न तयार छौँ भनेर सन्देश दिएका छौं।छुट्टै राज्य गोर्खाल्याण्ड गठनका लागि केन्द्र सरकार सकारात्मक रहेको कारण राज्य सरकारको पनि स्पष्ट अड़ान बुझ्न राज्यलाई वार्ताका लागि आफूहरू तयार रहेको भन्दै पत्राचार गरिएको आलेले जनाए।
एकातिर मोर्चाले राज्यलाई पत्राचार रहेको छ भने अर्कोतिर पुलिस प्रशासनलाई पनि कुनै पनि अवस्थामा कानून व्यवस्थाको उल्लङ्घन नगर्ने आश्वस्त गराएको छ। हामी कुनै पनि अवस्थामा कानूनको उल्लङ्घन गर्नेछैनौं भनेर पुलिसलाई पनि भनेका छौँ”, उनले थपे, “हामी गणतान्त्रिक ढङ्गमा नै अघि बढ़्नेछौं। जबसम्म स्थायी समाधान हुँदैन, तबसम्म जातीय भावनाको भुप्रो बलिरहन्छ। हामी चाहन्छौं साझा मञ्चमा हाम्रो मुद्दा अघि बढ्नुपर्छ।आलेले वार्ताको माध्मयबाटै समाधान सूत्र निस्किने भन्दै त्रिपक्षीय वार्ताबाट समाधान निस्किने आशा व्यक्त गरेका छन्।
इमेलमार्फत् वार्ताको प्रस्ताव राख्दै मोर्चाले मुख्यमन्त्रीलाई पत्राचार गरेको उनको भनाइ छ। आलेका अनुसार सन्देशमा भारतीय संविधानको धारा तीनअनुसार स्थायी राजनीतिक समाधानका लागि राज्यसँग आफूहरू वार्ता बस्न तयार रहेको सन्देशमा उल्लेख गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here