दिल्ली हिंसाः मर्नेको सङ्ख्या बढ़ेर 34 पुग्यो, राष्ट्रपतिसँग कङ्ग्रेसको भेटवार्ता

0
1685

नयाँ दिल्ली, 27 फरवरीः  दिल्ली हिंसामा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ़ेर 34 पुगेको छ। बिहीवार बिहान उत्तर-पूर्वी दिल्लीको गगन विहारस्थित जोहरीपुर एक्सटेन्शनमा नालाबाट दुईवटा शव बरामद भएको छ।

यसैगरी नालामा तलाशी अभियान जारी छ। अर्कोतिर सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर व्यापक सङ्ख्यामा पुलिस बल तैनाथ गरिएको छ।

उल्लेखनीय छ, दिल्ली हिंसामा अहिलेसम्म 34 जनाको मृत्यु भइसकेको छ। जसमध्ये 30 जनाको मृत्यु गुरु तेगबहादुर अस्पतालमा भएको हो, जबकि दुईजना मृत्यु एलएनजेपीमा भएको हो।

यसैबीच, दिल्ली हिंसालाई लिएर आज कङ्ग्रेसको एक प्रतिनिधि टोलीले राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्यो। कङ्ग्रेसकी कार्यवाहक अध्यक्ष सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले अगुवाइ गरेका उक्त टोलीले राष्ट्रपतिलाई ज्ञापन सुम्पिएको छ।

टोलीमा पी. चिदम्बरम, आनन्द शर्मा, रणदीप सुरजेवाला, अशोक गहलोत, गुलाम नबी आजादलगायत अन्य सामेल थिए।

राष्ट्रपतिसँग भेटेर निस्केपछि पत्रकारहरूलाई सम्बोधन सम्बोधन गर्दै पूर्वप्रधान मन्त्री सिंहले दिल्ली हिंसालाई रोक्नका लागि केन्द्र सरकार पूर्ण रूपले विफल बनेको बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here