कालेबुङमा चालकको हत्या

0
1083

कालेबुङ, 1 मार्चः कालेबुङ खण्ड-1 अन्तर्गत लोअर समलबुङ सिङ्जीनिवासी जोन लेप्चा उर्फ बुद्ध (24)-को लोअर बोङबस्तीमा हत्या भएको छ।

जानकारीका अनुसार मृतक पेशाले पिकअप भ्यान चालक थिए। लोअर बोङबस्तीस्थित मामाको घरमा बसेर पिकअप भ्यान चलाउने गर्थे।

कामकै सिलसिला हिजै उनी घरबाट बाहिर निस्केका थिए। तर आज भोटे खोलामा उनको शव बरामद भयो।

कालेबुङ थानाका आईसी अनिन्दो भट्टाचार्यले बताएअनुसार चालक लेप्चाको हत्या गरिएको हो।

उनका अनुसार भारतीय दण्ड संहिताको धारा 302, 201 अन्तर्गत मुद्दा दर्ता गरी हत्यारालाई पत्तो लगाउन जाँच शुरु गरेको छ। लेप्चाको शिरमा गहिरो चोटको निशान छ।

यता मृतक जोनका परिवारपक्षले हत्यालाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गरी कठोर सजाय दिनुपर्ने माग गरेका छन्।

आज बिहान स्थानीय मानिसहरूले लोअर बोङबस्तीस्थित टारी गाउँ भोटे खोलामा जोन लेप्चालाई मृत अवस्था भेटेपछि तत्कालै पुलिसलाई घटनाबारे सूचित गरेका थिए।

सूचना पाएपछि घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर अनुसन्धान शुरु गरेको छ। साथै शवलाई पोस्टमर्टमका लागि कालेबुङ जिल्ला अस्पतालमा पठाइएको छ।

सानैदेखि लोअर बोङबस्तीस्थित आफ्ना बाजेको घरमा बस्दै आएका जोन लेप्चा हिजै बिहान करिब 10.30 बजे कामविशेषले घरबाट बाहिर निस्केको उनकी माइजु सोङकित लेप्चाले जानकारी गराएकी छन्।

हत्यारालाई शीघ्र पक्रा गरी कठोर सजाय दिनुपर्ने माग पनि उनले पुलिससमक्ष गरेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here