कोलकाता, 1 मार्चः नागरिकता संशोधन कानून (सीएए)-लाई लिएर मानिसहरूबाट भ्रम हटाउनका लागि कोलकाता आइपुगेका गृहमन्त्री अमित शाहले चर्को विरोधको सामना गरेका छन्।
बिहान 11 बजे हवाइअड्डा आइपुगेका शाहले एक नम्बर गेटदेखि विरोध प्रदर्शन झेलेका थिए।
यसपछि पार्क सर्कस, यादवपुरसमेत धेरै स्थानमा विपक्षी दल र सीएएविरुद्ध आन्दोलन गरिरहेका मानिसहरूले गृहमन्त्रीविरुद्ध विरोध प्रदर्शन गरे।
यसका साथै माकपाको विद्यार्थी सङ्गठन स्टुडेन्ट्स फेडरेशन अव् इन्डिया (एसएफआई) र अन्य सङ्गठनहरूले हवाइअड्डानजिक गृहमन्त्रीलाई कालो झण्डा देखाएका थिए। कम्तीमा 10 वटा विभिन्न सङ्गठनले अमित शाहविरुद्ध प्रदर्शन गरिरहेका छन्।