सुनिलको जोड़ी गोलले थाइल्याण्डविरुद्ध भारतको फराकिलो जीत

0
1061
गोल गरेपछि उल्लासित सुनिल छेत्री र अनन्य भारतीय खेलाड़ी।

अबुधाबी, ७ जनवरी : भारतीय फुटबल टीमले एसएफसी एशियन कपमा उत्कृष्ट थालनी गरेको छ। आइतवार राति खेलिएको समूह चरणको आफ्नो पहिलो खेलमा टीम इण्डियाले थाइल्याण्डलाई ४-१ को फराकिलो गोलअन्तरले पराजित गऱ्यो। विगत ३३ वर्षमा थाइल्याण्डलाई भारतले पहिलोपटक पराजित गरेको हो।  यसभन्दा अघि भारतले थाइल्याण्डलाई सन् १९८६-मा मलेशियाको क्वालाम्पुरमा खेलिएको मेर्देका टुर्नामेण्टमा पराजित गरेको थियो।

भारतको यो ठूलो जीतमा स्टार स्ट्राइकर सुनिल छेत्री हिरो बने, जसले खेलको २७औं र ४६औं मिनटमा गरी जोड़ी गोल लगाए। त्यहीं युवा मीडफिल्डर अनिरुद्ध थापा र  स्ट्राइकर जेजे लालपेखलुआले पनि एक-एक गोल गरे।

खेलको पहिलो हाफ् १-१ गोलको बराबरीमा सकिएको थियो। म्याचको धेरजसो समय बल आफ्नो नियन्त्रणमा राखे तापनि थाइल्याण्डका खेलाड़ीहरूले एकभन्दा बढ़ी गोल सुलाउन सकेनन्। थाइल्याण्डका लागि एक मात्र गोल खेलको ३३औं मिनटमा टिरासिल डाङ्गडाले गरे।

उल्लेखनीय छ, भारत ८ वर्षपछि यो टुर्नामेण्टमा छनौट भएको छ। टीम इण्डियाले अन्तिमपटक सन् २०११-मा एएफसी एशियन कपमा सहभागिता जनाएको थियो। त्यसबेला भारतले समूह चरणका तीनवटै म्याच हारेको थियो। यसबाहेक भारतले २०१५ –को पछिल्लो संस्करणमा यो टुर्नामेण्टमा छनौट हुनसकेको थिएन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here