सिलगढ़ी, 2 मार्चः आफ्नै छोरीसँग लगातार यौन शोषण गरेको आरोपमा एक पितालाई पुलिसले पक्राउ गरेको छ। यो घटना सिलगढ़ीस्थित वार्ड नम्बर 36 स्थित निरञ्जन नगरको हो।
पीड़िता विवाहित हुन्। उनको करिब सात महिना अघि विवाह भएको बताइएको छ भने पक्रा पर्ने आरोपी पिताको नाम दीपङ्कर दास हो।
जानकारीका अनुसार उनका पतिले राम्रोसँग काम नगर्ने भएकोले पिताले केही महिनाअघि घर लिएर आएका थिए। त्यसपछि नै ती क्रूर पिताले आफ्नै छोरीसँग लगातार यौन शोषण गरेको आरोप छ।
लामो समयदेखि आफ्नो इच्छाविपरीत पिताले यौन शोषण गर्दै आएको पीड़िताले आरोप लगाएकी छन्।
जानकारीका अनुसार उनकी आमा 6 महिनाअघिदेखि पतिबाट अलग्गै बस्दै आएकी छन्।
पीड़िताका अनुसार जब पछिल्लो शुक्रवार पनि पिताले उनीसँग जबर्जस्ती यौन शोषण गरे, तब उनले घटनाको वृतान्त आफ्नी आमालाई सुनाइन्।
पीड़िताकी आमाले आफ्नी छोरीमाथि पिताले गरिरहेको यौन शोषणविरुद्ध आसीघर थानामा उजुरी गरेपछि पुलिसले आरोपी दीपङ्कर दासलाई हिजो राति पक्राउ गरेको हो।