भारतमा कोरोनाबाट 28 जना सङ्क्रमित

0
1245
डा. हर्षबर्धन (फोटो साभार-एएनआई ट्विटर।)

नयाँ दिल्ली, 4 मार्चः अहिलेसम्म भारतमा कोरोना भाइरसका 28 मामिला प्रकाशमा आएको छ, जसमध्ये तीन पुराना र 25 नयाँ मामिला हो।

केन्द्रिय मन्त्री डा. हर्षवर्धनले यसबारे जानकारी गराएका छन्। उनका अनुसार केरलाका तीनजना कोरोना सङ्क्रमित मानिस स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन्।

अहिले भारतमा पाइएका 25 सङ्क्रमित मानिसमध्ये 16 जना इटलीका पर्यटक पनि छन्।

केन्द्रिय मन्त्रीका अनुसार देशमा अहिले कोरोनाका कुल 25 मामिला पुष्टि भएको छ। इटलीबाट भारत घुम्न आएका 16 जना पर्यटक कोरोनाबाट पीड़ित छन्। यी पर्यटकहरूको सम्पर्कमा आएको कारण एक भारतीय चालक पनि पीड़ित भएका छन्।

यसका साथै दिल्लीका एक, हैदराबाट एक र आग्राका 6 जना मानिस कोरोनाबाट पीड़ित छन्। मन्त्रीका अनुसार कोरोना सङ्क्रमित दिल्लीका मानिसको सम्पर्कमा आएकै कारण आग्राका एकै परिवारका 6 जनामा कोरोना भाइरस सरेको हो।

उनका अनुसार पहिला 12 देशबाट आएका यात्रीहरूको मात्र हवाइअड्डामा जाँच गरिन्थ्यो। अब सरकारले विदेशबाट आउने सबै यात्रीहरूको जाँच गर्ने निर्णय गरेको छ।

अर्कोतिर केन्द्रिय स्वास्थ्य मन्त्रीले इरानमा फँसेका भारतीयहरूलाई त्यहाँ निकाल्ने कार्य भइरहेको पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here