50 वटा सुनको बिस्कुटसहित दुई पक्राउ

0
1710

सिलगढ़ी, 4 मार्चः सुन तस्करीमाथि गिद्दे दृष्टि राखेर बसेका डीआरआई अधिकारीहरूले मङ्गलवार राति  अढ़ाई करोड़भन्दा अधिक मूल्यको सुनको बिस्कुटसहित दुईजनालाई  पक्राउ गरेका छन्।

डीआरआई सूत्रका अनुसार पक्रा परेका आरोपीद्वयको नाम हसानुर जमाल र लतिफ रहमान हो।

दुवै दिनहट्टानिवासी रहेको बताइएको छ। जमाल र लतिफबाट डीआरआई अधिकारीहरूले 50 वटा सुनको बिस्कुट बरामद भएको छ, प्रतिबिस्कुटको ओजन 116 ग्राम रहेको छ।

जानकारीका अनुसार एक गोप्य सूत्रमार्फत् प्राप्त सूचनाको आधारमा अभियान चलाएर डीआरआई अधिकारीहरूले हिजो राति विधान नगरनजिक राष्ट्रिय राजमार्ग-27 मा अभियान चलाएर दुई बेग्ला-बेग्लै बसबाट यी दुई आरोपीलाई पक्राउ गरेका हुन्।

डीआरआईका वकिल त्रिदीप साहाका अनुसार बङ्ग्लादेशबाट सुन ल्याएको उक्त  सुन दुवैले मालदा र मुर्शिदाबादमा तस्करी गर्ने योजना बनाएका थिए। तर, डीआरआईका अधिकारीहरूले उनीहरूलाई   आधा बाटोमै पक्राउ गरे।

जानकारीका अनुसार दुई आरोपीबाट जफत गरिएको सुनको मूल्य 2 करोड़ 58 लाख रुपियाँ आँकिएको छ। आज दुवै आरोपीलाई सिलगढ़ी अदालतमा प्रस्तुत गरियो।

यस मामिलाबारे थप अनुसन्धान र केरकारका लागि आरोपीद्वयलाई अदालतले 14 दिनको न्यायिक हिरासतमा पठाएको बताइएको छ। डीआरआईले सुन तस्करीको यस मामिलाबारे गहन जाँच गरिरहेको बताइएको छ।

उल्लेखनीय छ, पछिल्ला केही महिनायता डीआरआईले सिलगढ़ी तथा यसका संलग्न क्षेत्रमा अभियान चलाएर लगातार तस्करीका लागि लगिरहेको सुन जफत गर्नका साथै  दर्जनौं आरोपीलाई पक्राउ गरिसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here