नासाले जारी गऱ्यो मङ्गलमा छिद्र, गुफा र ज्वालामुखीको तस्वीर

0
1003
तस्वीर साभार-इन्टरनेट।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भर्खरै जारी गरेको मङ्गल ग्रहको एक तस्वीरमा रहस्यमय छिद्र देखिएको छ।

छिद्र देखिएपछि मङ्गलमा जीवनको सम्भावनालाई लिएर वैज्ञानिकहरू थप आशावादी देखिएका छन्। यद्यपि यसलाई लिएर थप अध्ययनको खाँचो रहेको उनीहरूको भनाइ छ।

नासाले मङ्गलमा छिद्र देखिएको तस्वीर मात्र होइन। तर, पाभोनिस मास नामको ज्वालामुखीको तस्वीर पनि जारी गरेको छ।

जानकारीका अनुसार यी दुवै तस्वीरलाई नासाको मार्स रिकाइन्सेस अर्बिटरले 2011 मै पठाएको थियो, जसलाई नासाले भर्खरै सार्वजनिक गरेको हो। यसबारे नासाका वैज्ञानिकद्वय रोबर्ट नेमिरफ र जेरी बनेलले विस्तारपूर्वक जानकारी गराएका छन्।

आफ्नो एक ब्लकमा नासाले बताएअनुसार छिद्रको छेउछाउमा धेरै सुरक्षित गुफा पनि पत्तो लागेको छ, जसको लम्बाई 35 मिटर र गहिराइ 20 मिटरसम्म रहेको अनुमान लगाइएको छ।

अर्कोतिर, त्यहाँ देखिएको गोलाकार खाड़लको रहस्य पत्तो लगाउनका लागि वैज्ञानिकहरू अध्ययनमा जुटेका छन्। वैज्ञानिकहरूको एक वर्गले उक्त गोलाकार खाड़ल एलियन्स रहेको सबुत हुनसक्ने अनुमान लगाइरहेको छ।

यदि साँच्चै यस्तो हो भने मानव जाति एलियन्सको जीवन पत्तो लगाउनका लागि धेरै नजिकमा पुगिसकेको प्रमाणित हुन्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here