कोरोना भाइरसको आतङ्कः दार्जीलिङमा ह्याण्ड सेनिटाइजरको अभाव

0
2034
प्रतीकात्मक तस्वीर।

दार्जीलिङ, 6 मार्चः कोरोना भाइरसको भयको कारण दार्जीलिङमा ह्याण्ड सेनिटाइजरको व्यापक बिक्री भइरहेको छ। जसको फलस्वरूप शुक्रवारसम्म  दार्जीलिङका लगभग सबै दवाई दोकानमा ह्याण्ड सेनिटाइजरको स्टक नै समाप्त भइसकेको छ।

सरकारी फेयर प्राइस शपमा पनि सेनिटाइजरको स्टक समाप्त भएको जानकारी पाइएको छ। तरै पनि दवाई दोकानदारहरूले स्थानीय मानिसहरूलाई आतङ्कित हुन नपर्ने जनाउँदै केही दिनभित्रै पुनः सेनिटाइजर आउने भएको पनि जनाएका छन्।

दार्जीलिङका एक दवाई दोकानदार राजु प्रसादसँग प्रश्न गर्दा उनले भने, “दार्जीलिङमा भर्खरै सबै स्कूल लाग्न शुरु भएको छ। सम्भवतः सबै स्कूलले विद्यार्थीहरूलाई ह्याण्ड सेनिटाइजर ल्याएर आउने वा प्रयोग गर्ने निर्देश दिएको हुनसक्छ। यसैले सबै विद्यार्थीले नै सेनिटाइजर किनेको कारण यसको स्टक समाप्त भएको हो।”

उल्लेखनीय छ भारतका विभिन्न स्थानमा पनि 30 जनामा कोरोना भाइरस सङ्क्रमित रहेको पुष्टि भएपछि दार्जीलिङका मानिसहरूमा यो भाइरसलाई लिएर भय देखिन थालेको छ।

यति मात्रै होइन, सिक्किम सरकारले विदेशी नागरिकहरूको राज्यमा प्रवेशमाथि पनि रोक लगाउनका लागि राज्यका सबै नाकामा 24 घण्टै निगरानी टिम तैनाथ गरी पूर्ण सतर्कता अपनाइसकेको छ।

यसैले पनि यस्तो स्थितिमा दार्जीलिङ पहाड़मा पनि कोरोना भाइरसको आतङ्क हुनु स्वाभाविक नै हो। यसैकारण दार्जीलिङ पहाड़मा आजका दिनमा कोरोना भाइरसको मामिला प्रकाशमा नआए यसले पहाड़वासीलाई एक आतङ्कित भने बनाइरहेको छ।

यसैकारण दार्जीलिङमा धेरैले मुखमा मास्क लगाएर हिँड़डुल गरिरहेको पनि देखिएको छ।

यद्यपि, अहिलेसम्म दार्जीलिङमा मास्कको कमी भने देखिएको छैन। दार्जीलिङका प्रायः सबै जस्तो दवाई दोकानमा मास्क पर्याप्त मात्रामा रहेको जानकारी पाइएको छ। तर, ह्याण्ड सेनिटाइजरको कमी भने गतिलैसित खट्किरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here