बिहारमा सड़क दुर्घटनाः 17 जनाको मृत्यु

0
1644

पटना, 7 फरवरीः शनिवार बिहानै बिहारमा दुई बेग्लाबेग्लै सड़क दुर्घटना परी कुल 17 जनाले ज्यान गुमाएका छन्, जबकि करिब एक दर्जन घाइते भएको बताइएको छ।

मृतकहरूमा दुई होमगार्ड पनि सामेल छन्, जो दुर्घटनाको समय ड्युटीमा तैनाथ थिए।

पहिलो दुर्घटना सखारै करिब 5 बजे मुजफ्फरपुर जिल्लाको राष्ट्रिय राजमार्ग 28 अन्तर्गत सरमसपुरमा भएको हो, जहाँ उत्तर प्रदेशबाट तीव्र गतिमा आइरहेको एक स्कर्पियो गाड़ीले ईंटा लादिएको ट्याक्टरलाई जोड़ले ठक्कर दिएको थियो।

यो ठक्करले ट्याक्टरमा सवार एक मजदुरसहित 13 जनाले ज्यान गुमाएका छन्।

त्यहीं अर्कोतिर, भागलपुरको बाइपास रोडमा एक ट्रकले ठक्कर दिँदा ड्युटीमा तैनाथ दुई होमगार्डसहित चारजनालाई घटनास्थलमा मृत्यु भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here