२९ अक्टोबर ममता तीनदिने उत्तर बङ्गाल भ्रमणमा आउने, सुरक्षा व्यवस्था कठोर

0
1090
मुख्यमन्त्री ममता ब्यानर्जी (फाइल फोटो)।

सिलगढ़ी, २५ अक्टोबर : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी यसै महिनाको २९ तारिख तीनदिने उत्तर बङ्गाल भ्रमणमा आउँदैछिन्। 
अक्टोबरमा ममताको यो दोस्रोपटक उत्तर बङ्गाल भ्रमण हुनेछ। यसभन्दा अघि उनी २ अक्टोबरको दिन पनि उत्तर बङ्गाल आएकी थिइन्। त्यसबेला उनले जलपाइगढ़ी जिल्लास्थित चर्चित पर्यटनस्थल गजलडोबामा ‘भोरेर आलो’-को उद्घाटन गरेकी थिइन्।
मुख्यमन्त्रीको यो तीनदिने भ्रमणलाई लिएर सीमावर्ती क्षेत्रमा सुरक्षा बढ़ाइएको छ। विभागीय सूत्रअनुसार आगामी २९ अक्टोबरको दिन ममता हवाइमार्गबाट बाघडुग्रा हवाइअड्डा आइपुग्नेछिन्। त्यसपछि उनी सोझै कोचबिहार प्रस्थान गर्नेछिन्। त्यहाँ उनले १४ करोड़ रुपियाँको लागतमा बनिएको अडिटोरियमको उद्घाटन गर्ने कार्यक्रम छ। यो अडिटोरियमको नाम उत्सव राखिएको छ।
दोस्रो दिन उनले कोचबिहारमा नै प्रशासनिक बैठक गरी जिल्लामा भइरहेका विकासकार्य र सुरक्षा व्यवस्थाको समीक्षा गर्नेछिन्।
ममताले यसअवधिमा भाजपाले आगामी दिसम्बर महिनाको पहिलो साता कोचबिहारमा निकाल्ने रथयात्राबारे पनि जानकारी लिने सूत्रले बताएको छ। साथै उनले उत्तर बङ्गालका मन्त्रीहरूबीच चलिरहेको खिँचातानीमाथि नजिकबाट दृष्टि राख्ने बताइएको छ। मुख्यमन्त्रीको भ्रमणलाई लिएर तृणमूल कार्यकर्ताहरू उत्साहित छन्।
मुख्यममन्त्री ममता ३० अक्टोबरको दिन सिलगढ़ीस्थित राज्यको सचिवालय उत्तर कन्या आउनेछिन्। भोलिपल्ट अर्थात् ३१ अक्टोबरको दिन यहाँबाट उनी कोलकाता प्रस्थान गर्नेछिन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here