नयाँदिल्ली, ७ जनवरी : स्टार स्ट्राइकर सुनिल छेत्रीले अन्तरराष्ट्रिय खेलमा गोलको मामिलामा विश्व फुटबलका चमत्कारी स्ट्राइकर लियोनल मेस्सीलाई पछि पारेका छन्। भारतीय फुटबलमा गोल मशिनको नामले चिनिने सुनिलले आइतवार एएफसी एशियन कपमा थाइल्याण्डविरुद्ध गोल गरी अर्जेण्टिनी स्टार मेस्सीलाई पछि पारेका हुन्।
यो उपलब्धिसँगै अन्तरराष्ट्रिय फुटबलमा गोलको मामिलामा सुनिल छेत्री क्रिस्टियानो रोनाल्डोपछि दोस्रो स्थानमा पुगेका छन्।
थाइल्याण्डविरुद्ध उनले दुई गोल गरे। यो जोड़ी गोलले सुनिलको अन्तरराष्ट्रिय गोल सङ्ख्या ६७ पुगेको छ, जबकि मेस्सीको गोल सङ्ख्या ६५ छ। यसभन्दा अघि दुवैको गोल सङ्ख्या समान ६५-६५ थियो। भारतीय स्ट्राइकरभन्दा अर्जेण्टिनी स्ट्राइकरले म्याच पनि धेरै खेलेका छन्।
मेस्सीले हालसम्म १२८ अन्तरराष्ट्रिय म्याच खेलिसकेका छन्, जबकि थाइल्याण्डविरुद्ध हिजो खेलिएको खेल सुनिलका लागि १०५ अन्तरराष्ट्रिय खेल थियो। पोर्तुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका सर्वाधिक गोलकर्ता हुन्। उनले हालसम्म खेलिएको १५४ खेलमा ८५ गोल गरिसकेका छन्।