छुट्टीमा श्रमिकहरूले काम गर्न नमानेपछि लोहागढ़ चियाकमान बन्द

0
1500

सिलगढ़ी, 12 मार्चः तराईको लोहागढ़ चियाकमान बन्द भएको छ। मिरिक खण्डअन्तर्गत लोहागढ़ चियाकमानका श्रमिकहरूले हिजो अर्थात् बुधवार  छुट्टीका दिन काम गर्न अस्वीकार गरेपछि कमान बन्द गरिएको बताइएको छ।

जानकारीका अनुसार यद्यपि कमान बन्द गरिएको आधिकारिक सूचना दिइएको छैन। हिजै अपराह्नदेखि मालिकपक्षले कमान बन्द गरेको बताइएको छ।

तथापि आज मेलोमा पुगेका श्रमिकहरूले कमान बन्द गरिएको थाह पाएका थिए।

जानकारीका अनुसार प्रतिवर्ष होलीको अवसरमा चियाश्रमिकहरूले तीनदिन हक छुट्टी पाउँछन्, जसमध्ये दुई दिनको रोज उनीहरूले पाउँछन् भने एक दिनको रोज भने पाउँदैनन्।

यसै रोज नपाउने छुट्टी अर्थात् हिजो चियाश्रमिकहरूलाई काम गर्ने प्रबन्धकपक्षको निर्देश थियो, जसलाई उनीहरूले मानेनन्।

यसैले काम गर्ने निर्देशलाई श्रमिकहरूले अस्वीकार गरेकै कारण कमानमा मालिकपक्षले ताला झुण्डाएको बताइएको छ।

बिहीवार मेलोमा पुगेका श्रमिकहरूले कारखानामा ताला झुण्डाइएको पाएपछि मालिकपक्षको कमान बन्द गर्ने निर्णयविरुद्ध गेटसभा गरेका थिए।

यसैबीच, होलीको पर्वमा तीन दिनको छुट्टी आफ्नो हक रहेकोले मालिकपक्षले बिनाशर्त कमान खोल्नुपर्ने माग गरेका छन्।

चियाकमानको नियम-कानूनला उल्लङ्घन गरी मालिकपक्षले कसरी आफूहरूलाई काम गर्ने निर्देशन दिनसक्छ भन्ने श्रमिकहरूको भनाइ छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here