डीएचआरको विकासका लागि छुट्टै डिभिजनको माग

0
1218

दार्जीलिङ, 12 मार्चः विश्व धरोहरको मान्यताप्राप्त दार्जीलिङ हिमालयन रेलवेको विकास र संरक्षणका लागि डीएचआरको छुट्टै डिभिजन बनाइनुपर्ने सांसद राजु विष्टले माग गरेका छन्।

बिहीवार रेलवे बजेटको समर्थनमा बोल्दै विष्टले अहिले पनि अङ्ग्रेजद्वारा बनाइएको संसाधनमै बाँचिरहेकोले डीएचआरको छुट्टै डिभिजन   बनाइनुपर्ने माग गरेका हुन्। यदि छुट्टै डिभिजन बनाइएको खण्डमा डीएचआरको धेरै उत्थान हुने सांसदको भनाइ छ।

सदनमा विष्टले युनेस्कोको मापदण्डअनुसार डीएचआरको रूप परिवर्तनको आवश्यकता रहेको पनि बताए। यसका साथै उनले डीएचआरमा रहेका रिक्त पदहरूमा नियुक्ति, 14 प्रशिक्षित युवाको स्थायीकरण, तीनधारेस्थित लोकोमोटिभ वर्कशप (रेलवे कारखाना)-को बढ़ोत्तरीको आवश्यकतामाथि जोड़ दिए।

यसअवसरमा हाल बन्द अवस्थामा रहेको खरसाङ रेलवे प्रेसलाई सङ्ग्रहालय (म्युजियम) बनाउने रेल मन्त्रीले अनुमति दिएकोमा उनीप्रति  आभार प्रकट पनि गरेका छन्।

अर्कोतिर उनले सिलगढ़ी जङ्क्शन स्टेशनलाई पनि विकसित गर्नुपर्ने माग गर्नका साथै बाघडुग्रा, नक्सलबारी र चोपड़ामा रेल बिसौनीको  स्थापना गरिएको खण्डमा एनजेपीमा हुने ट्राफिक जाम र घुइँचोलाई कम गर्न सकिने बताए।

यसगैरी विष्टले सेवक रेल क्रसिङ, बाग्राकोट रेल क्रसिङ र एनटीएस मोड़ सिलगढ़ी रेल क्रसिङ बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए।

साथै गुल्मा रेलवे स्टेशन धरोहर रेलवे स्टेशनको बढ़ोत्तरी गर्नुपर्ने आवश्यकतामाथि जोड़ दिँदै रेलवे मन्त्रीलाई यी उल्लिखित विषयहरूमा ध्यान दिने आग्रह गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here