
दार्जीलिङ, 14 मार्चः वरिष्ठ साहित्यकार-नाटककार इन्द्रमणि दर्नालको शुक्रवार राति निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी उनको निधन हिजो दार्जीलिङ इडेन अस्पतालमा भएको पारिवारिक सूत्रमार्फत् थाह लागेको छ।
13 मार्च 1950 का दिन सिङ्ताम चियाकमानमा जन्मेकी इन्द्रमणि दर्नालका म्याडम र अन्य कथाहरू (कथा सङ्ग्रह-1999), ययति (नाटक सङ्ग्रह-2002), अक्षि भू (गीति नाटक सङ्ग्रह 2006), कृष्णा!कृष्णा!! (पूर्णाङ्की नाटक सङ्ग्रह 2013) र उर्मिला (नाटक सङ्ग्रह) प्रकाशित छन्।
यसका साथै उनले 86-को गोर्खाल्याण्ड आन्दोलनलाई पृष्ठभूमि बनाएर अर्धविराम उपन्यास पनि लेखेकी छन्।
उल्लिखित कृतिहरूबाहेक उनले धेरै बाल नाटक पनि प्रकाशित छन्। भारतेली नेपाली नारी साहित्यकारहरूको मञ्च ‘वसुधा’-का सहसंस्थापक तथा पूर्व अध्यक्षसमेत रहेकी उनको निधनले भारतेली नेपाली साहित्यमा शोकको लहर छाएको छ।


