कोरोना भाइरसलाई राष्ट्रिय आपदा घोषित, मृतकका परिवारलाई ४ लाख सहायता राशि दिने

0
1237

नयाँ दिल्ली, 14 मार्चः केन्द्र सरकारले कोरोना भाइरसलाई राष्ट्रिय आपदा घोषित गरेको छ। अब सबै राज्य सरकारले कोरोना भाइरससँग लड़्नका लागि राज्य आपदा प्रतिक्रिया कोष (एसडीआरएफ)-को प्रयोग गर्न सक्नेछन्।

यसैबीच देशमा कोरोना भाइरसको मामिला बढ़ेर 85 भएको छ, जबकि दुईजनाको मृत्यु भएको छ।

अर्कोतिर केन्द्र सरकारले कोरोना भाइरसको कारण ज्यान गुमाउने मानिसका परिवारलाई सहायता राशिको रूपमा 4 लाख रुपियाँ दिने घोषणा गरेको छ।

उल्लेखनीय छ, अहिलेसम्म कोरोना भाइरसको कारण दिल्ली र कर्नाटकमा एक-एक गरी दुईजनाको मृत्यु भइसकेको छ।

केन्द्रिय गृह मन्त्रालयको तर्फबाट  जारी बयानमा भनिएको छ, ‘सरकारले कोभिड-19 –लाई आपदाकै लिने निर्णय गरेको छ, ताकि एसडीआरएफअन्तर्गत सहायता उपलब्ध गराउन सकियोस्।’

बयानमा थप भनिएको छ, ‘कोरोना भाइरसबाट ज्यान गुमाउने मानिसहरूका परिवारलाई 4 लाख रुपियाँको आर्थिक सहायता दिइनेछ, यसमा ती मानिसहरू पनि सामेल छन्, जसको मृत्यु राहत अभियान या यससँग संलग्न गतिविधिमा हुनेछ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here