मल्ली गोलीकाण्डका मुख्य आरोपी कुणाल प्रधानले गरे आत्मसमर्पण

0
1150

कालेबुङ, 14 मार्चः पछिल्लो 10 मार्चका दिन मल्ली बजारमा भएको गोलीकाण्डका मुख्य आरोपी कुणाल प्रधानले आज बेलुकी कालेबुङ थानामा आत्मसमर्पण गरेका छन्।

गोलीकाण्डकै दिनदेखि आरोपी प्रधान फरार थिए, जसलाई पुलिसले खोजिरहेको थियो।

कालेबुङ पुलिस सूत्रका अनुसार आरोपी प्रधानले आज करिब 7.50 बजे थानामा आएर आत्मसमर्पण गरेका हुन्।

उल्लेखनीय छ, 10 मार्चका दिन अपराह्न 4 बजे मल्ली बजारमा भएको गोलीकाण्डमा दुई स्थानीयवासी पुरण मगर र पेम्पा तामाङ घाइते भएका छन्। पुरणको भुँड़ीमा र पेम्पाको खुट्टामा गोली लागेको छ।

अर्कोतिर, यो घटनापछि मल्ली क्षेत्रको वातावरण तनाउपूर्ण बनेको छ। प्रतिदिन मल्लीलगायत क्षेत्रवासीले लगातार घटनाको प्रतिवाद जनाउँदै मुख्य आरोपी कुणाल प्रधानलाई यथाशीघ्र पक्राउ गरी कठोर सजाय दिनुपर्ने माग गर्दै आइरहेका थिए।

उनीहरूले यसै मागमा प्रतिदिन धरना प्रदर्शन गर्दै आइरहेका थिए, आज  स्वेच्छाले मल्ली बजार पनि बन्द गरेका थिए।

अर्कोतिर, दार्जीलिङ पहाड़का सबै पार्टीले मल्ली गोलीकाण्डको तीव्र विरोध जनाउँदै आरोपी कुणाल प्रधानलाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गर्नुपर्ने माग गरिरहेका थिए। यसैले पनि आरोपीलाई पक्राउ गर्न प्रशासनमाथि दबाउ थियो।

यसघटनामा संलग्न रहेको आरोपमा पुलिसले अघिबाटै सातजना आरोपीलाई  पक्राउ गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here