अस्ट्रेलियामा टीम इण्डियाको रेकर्ड जीत

0
1163
टेस्ट शृङ्खला जितेपछि बोर्डर-गावस्कर ट्रफीसँग टीम इण्डिया।

सिडनी, ७ जनवरी : टेस्टमा बेस्ट इण्डियाले ७१ वर्षपछि अस्ट्रेलियामा टेस्ट शृङ्खला जितेको छ। यो जीतसँगै टीम इण्डियाले आफ्नो क्रिकेट इतिहासमा स्वर्णिम अध्याय थपेको छ।

सिडनी क्रिकेट ग्राउण्डमा खेलिएको चौथो टेस्ट  पानी र खराब रोशनीको कारण ‘ड्र’ भएपछि विराट एण्ड कम्पनीले सोमवार यो ऐतिहासिक उपलब्धि प्राप्त गरेको हो। मेलबर्नमा खेलिएको तेस्रो म्याच जितेरले भारतले २-१ को अग्रता बनाएको थियो।

सिडनी टेस्टमा बलियो स्थितिमा रहे तापनि पानी र खराब रोशनीको कारण टीम इण्डिया जीतबाट वञ्चित बन्यो। दुवै दिन परेको पानी र त्यसपछि दिन अँध्यारो भएपछि लगभग दुई दिनको खेल बर्बाद एको थियो।

पहिलो पारीमा भारतले बनाएको ७ विकेटको क्षतिमा ६२२ रनको जवाबमा पहिलो पारीमा केवल ३०० रन जोड़ेर गुटमुटिएको अस्ट्रेलियाले फनोअन खेल्नै दोस्रो पारीमा कुनै विकेट नगुमाइ ६ रन बनाएको थियो। त्यसपछि परेको पानी र दिन अँध्यारो भएपछि खेल रोकिएको थियो। सोमवार टेस्टको पाँचौं दिन एकै बल पनि फ्याँक्न सकिएन। लञ्चको समयपछि म्याचलाई ड्र घोषित गरियो।

चार म्याचको शृङ्खलाअन्तर्गत एडिलेडमा खेलिएको पहिलो टेस्ट भारतले जितेको थियो, तर अस्ट्रेलियाले कमब्याक गर्दै पर्थ टेस्ट जितेपछि शृङ्खला बराबरी गऱ्यो। यसपछि विराट एण्ड कम्पनीले मेलबर्नमा खेलिएको बक्सिङ डे टेस्ट जितेर ऐतिहासिक उपलब्धि प्राप्त गऱ्यो।

यो जीतसँगै टीम इण्डियाले बोर्डर-गावस्कर ट्रफी आफूसँगै राखेको छ। भारतले सन् २०१७-मा आफ्नो घरेलु मैदानमा खेलिएको शृङ्खला २-१ को अन्तरले जितेर यो ट्रफी आफ्नो झोलीमा हालेको थियो।

भारतीय टीमले पहिलोपटक सन् १९४७-४८ –मा अस्ट्रेलियाको भ्रमण गरेको थियो। लाला अमरनाथको कप्तानीमा रहेको टीम इण्डियाले त्यसबेला सर डन ब्रेडम्यानको अगुवाइमा रहेको अजेय अस्ट्रेलियाई टीमको सामना गरेको थियो।

त्यसपछि अहिलेसम्म भारतले अस्ट्रेलियामा टेस्ट शृङ्खला जित्न सकेको थिएन, तर विगतमा टीम इण्डियाका एकसा एक दिग्गजहरूले गर्न नसकेको काम विराटको सेनाले गरेर देखायो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here