बङ्गालका शैक्षिक संस्थानहरू 15 अप्रेलसम्म बन्द

0
1458
ममता ब्यानर्जी (फाइल फोटो)।

कोलकाता, 16 मार्चः कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि बङ्गाल सरकारले सम्पूर्ण शैक्षिक संस्थानको छुट्टीलाई थप 15 दिनका लागि बढ़ाएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको नयाँ घोषणाअनुसार अब बङ्गालका सम्पूर्ण शैक्षिक संस्थान 15 अप्रेलसम्मका लागि बन्द रहनेछन्।

यसभन्दा अघि आजदेखि 31 मार्चसम्मका लागि राज्यका सम्पूर्ण शैक्षिक संस्थान बन्द गर्ने घोषणा गरिएको थियो।

यसका साथै 30 मार्चका दिन समीक्षा बैठक बसेर अघिल्लो फैसला लिने त्यसदिन बताए तापनि आजै मुख्यमन्त्रीले शैक्षिक संस्थानहरूको बन्दलाई थप 15 बढ़ाउने घोषणा गरेकी हुन्।

अर्कोतिर जारी बोर्ड परीक्षा भने तय समयअनुसारै हुनेछ। सोमवार मुख्यमन्त्री ममता ब्यानर्जीको अध्यक्षतामा राज्य सचिवालय नवान्न कोरोना भाइरसको रोकथाम र यसबाट बच्ने पहल विषयलाई लिएर बसिएको बैठकमा यस्तो गरिएको हो।

बैठकपछि ममताले राज्यका सबै सरकारी-निजी स्कूल-कलेज, विश्वविद्यालय र आईसीडीएस केन्द्रलाई 15 अप्रेलसम्मका लागि बन्द गर्ने घोषणा गरिन्।

यसका साथै मुख्यमन्त्रीले कोरोना भाइरससँग लड़्नका लागि 200 करोड़ रुपियाँको एक कोष बनाउने घोषणा गरिन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here